काठमाडौं- रिलिजको एक साता अगाडि 'रोमियो'ले आफ्नो फिल्मको नयाँ गीत रिलिज भएको छ । कात्तिक २४ गते रिलिज हुने फिल्मले 'तिम्रो यादमा' बोलको सेन्टिमेन्टल गीत रिलिज गरेको हो।
गीतमा नायक हसनराजा खान नायिका निशा अधिकारीको अभिनय छ । कुर्बान अली खान र अमृता लिम्बूको आवाज रहेको गीतको शब्द तथा संगीत कुर्वानकै हो।
फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, निशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य अभिनय छ । त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन र रामेश्वर कार्कीको छायांकन छ ।
यसअघि फिल्मको ‘ल्याङल्याङ’ बोलको गीतका दर्शक तथा श्रोतामाझ लोकप्रिय भइसकेको छ । फिल्मका निर्देशक शंकर कार्की हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।