• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च अदालतमा न्यायाधीश सिफारिस : ज्वाईं र छोरीदेखि विवादास्पद व्यक्तिसम्म

64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  ०८:५६
1140x725

काठमाडौं– न्याय परिषद्ले उच्च अदालतमा वैशाखसम्म नियुक्त हुनेगरी १८ न्यायाधीशको सिफारिस गरी पदस्थापन पनि गरेको छ। १७ न्यायाधीश हालै र एक न्यायाधीशको हकमा वैशाखमा नियुक्त गर्ने परिषद्को निर्णयमा उल्लेख छ।

न्यायाधीशको सिफारिसमा परेका १८ जनामध्येका बालमुकुन्द दबाडी बलात्कारजस्तो जघन्य अपराधमा आरोपितलाई साधारण तारेखमा छाडेर विवादमा आएका थिए। गोदामचौर घटनामा बलात्कार गरी ज्यान मार्ने प्रयास समेत गरेका आरोपितहरुलाई पुर्पक्षका लागि भएको सुनुवाइमा दबाडीले साधारण तारेखमा रिहा गर्ने आदेश गरेका थिए।

ललितपुर जिल्ला अदालतमा रहँदा न्यायाधीश दवाडीको एकल इजलासले २०७४ पुस २६ मा सामूहिक बलात्कार,  ज्यान मार्ने उद्योग र चोरी मुद्दाका तीन जना आरोपीलाई साधारण तारेखमा छाड्ने आदेश गरेका थिए।

बलात्कारको मुद्दामा धरौटी समेत नमागिएपछि उनीहरु छुटेर पीडित पक्षलाई नै धम्की दिएका थिए।

उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन पुगेपछि माघ २५ मा उक्त निर्णय उल्टिएको थियो। प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने दवाडीको आदेशलाई उच्च अदालतले ‘बेरित’को ठहर गरेको थियो।

न्यायाधीश दवाडीको इजलासले साधारण तारेखमा छाडेका अभियुक्तहरुलाई जिल्ला अदालत ललितपुरले फागुन १७ गते दोषी ठहर गर्ने फैसला सुनाएको थियो। जिल्ला अदालतले उनीहरुलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय र एक–एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। उक्त आदेश विरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो। उक्त उजुरीमा परिषद्ले छानविन गरिरहेको थियो।

परिषदले उच्च अदालतमा सिफारिस गरेकामध्ये राजेशकुमार काफ्ले र महमद जुनिद आजाद भर्खर मात्र न्याय परिषद्बाट सचेत गराउने कारबाहीमा परेका न्यायाधीश हुन्। न्यायिक विचलन गरेको अभियोगमा परिषद्ले गरेको अनुसन्धानमा गल्ती फेला २०७५ माघ १७ गते सात दिने स्पष्टीकरण सोधेको थियो। सात दिने स्पष्टीकरण बुझाएपछि न्याय परिषद्ले उनीहरुलाई सचेत गराउँदै आगामी दिन यस्ता कार्यमा संलग्न नहुन भनेको थियो।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहेका बेला गरेको फैसलाले काफ्ले विवादमा परेका थिए। काफ्लेले कुटपिटको मुद्दामा नजिर र कानुनविपरित प्रतिवादीलाई सुध्रिने मौका दिने भन्दै फैसला सुनाएका थिए। कानुनमा सुध्रने मौका दिने गुन्जायस नभए पनि उनले सफाइ दिन यस्तो व्याख्याको साहारा लिएको आरोपमा परिषद्मा उजुरी परेको थियो। उक्त उजुरीमा परिषद्ले काफ्लेलाई सचेत गराएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्का न्यायाधीश आजाद पनि जिल्ला अदालत काठमाडौंमा हुँदा गरेको फैसलामा विवादमा परेका थिए। काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहेका आजादले सेतो हेरोइनका कारोबारी पाकिस्तानी नागरिक साहिदा प्रविनलाई सफाइ दिने फैसला सुनाएका थिए। अदालतको फैसला आउनुअघि नै आरोपित व्यक्तिलाई छोड्न केन्द्रीय कारागारमा अदालतका तर्फबाट आजादको दवावमा पत्र पठाइएको भनी परिषद्मा उजुरी परेपछि उनी छानविनमा तानिएका थिए।

उच्च अदालतमा सिफारिस जिल्ला न्यायाधीश लेखनाथ ढकाल काभ्रेपलाञ्चोक रहँदा गरेको एक फैसलामा विवादमा परेका थिए। ठगी र कालोबजारी गरेको आरोप लागेका उमेश बानियाँ सहित मुद्दामा आर्थिक लाभ लिएको आरोप उनीमाथि रहेको थियो। बानियाँ स्वयंले न्याय परिषद्मा ढकालकी श्रीमतीलाई १८ लाख रकम बुझाएको दावी गर्दै उजुरी दिएका थिए।

अर्का न्यायाधीश कुलप्रसाद शर्माको हकमा पनि न्यायपरिषद्ले छानविन गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको समयमा परिषद्का दुई सदस्यहरु पदम बौदिक र रामप्रसाद सिटौलाको समितिले शर्मामाथि छानविन गरेको थियो। तर उक्त प्रतिवेदन गोप्य राख्दै आइएको छ।

शर्माले १ करोड रुपैयाँ बराबरको चेक अनादर मुद्दामा प्रतिवादीलाई आर्थिक लाभ लिएर जिताएको दावी सहित परिषद्मा उजुरी परेको थियो। चेक अनादरको सवै प्रमाण पुग्ने भए पनि घुस लिएर न्यायाधीश शर्माले कानुनको गलत ब्याख्या गरेको परिषद्मा दर्ता भएको उजुरीमा उल्लेख थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्वाईं र छोरी न्यायाधीश
उच्च अदालतको सिफारिसमा केही थान आफन्त समेत पर्न सफल भएका छन्। कानुन व्यवसायीको कोटाबाट उच्च अदालतमा पर्न सफल हुनेमा दुई ज्वाईं समेत परेका छन्। सर्वोच्चका न्यायाधीश एवं परिषदका वरिष्ठ सदस्य दिपककुमार कार्की र अर्का सदस्य रामप्रसाद सिटौलाले ज्वाईंहरुलाई न्यायाधीश बनाउन सफल भएका हुन्। 

उज्वल शुक्ल न्यायाधीश कार्की र नवराज थपलिया सिटौलाका ज्वाईं नाता पर्ने व्यक्ति हुन्। रामकुमारप्रसाद साहकी छोरी रेणुका साह, रक्षामन्त्री ईश्वर पोखरेलकी भान्जी नाता पर्ने निलम पौडेल र सर्वोच्चबाट अस्थायी न्यायाधीशमा अवकाश पाएपछि आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीकी छोरी अञ्जु उप्रेती ढकाल पनि न्यायाधीशमा पर्न सफल भएकी छन्।

उच्च अदालतमा सिफारिस भएका हालका जिल्ला न्यायाधीश लेखनाथ ढकाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका आफ्नै बहिनी ज्वाईं हुन्।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्