एजेन्सी– तपाईं भारतीय टेलिभिजन जिटिभीमा आउने सांगितिक रियालिटी सो ‘सा रे गा मा पा’को दर्शक हो भने पक्कै पनि ‘छोटे भगवान’बारेमा जानकार हुनुहुन्छ होला। चर्चित गायक/संगीतकार हिमेश रेशमियाले ६ वर्षीय जयश कुमारलाई छोटे भगवानको उपाधि दिएका हुन्।
उक्त रियालिटी सोमा प्रतिस्पर्धीका रुपमा नभई छुट्टै हिस्सा बन्न पुगेका जयशले करोडौंलाई फ्यान बनाएर शनिबारदेखि बिदा भएका छन्। ६ वर्षकै उमेरमा प्रायः चर्चित हिन्दी गीत, भजन गाउन सक्ने भएर मात्रै होइन, उनको बुझ्ने र स्मरण गर्ने क्षमताले पनि दर्शकलाई अचम्म बनाएको छ। उनीबारे १२ तथ्य यस्ता छन् :
१. करिब १० महिना पहिले सा रे गा मा पाको छैटौं शृंखला सुरु हुँदा ५ वर्षका जयशलाई प्रतियोगी बनाइएन।
२. अडिसनमा जयशले ‘चन्ना मेरेया’ गीत गाएर निर्णायकहरुलाई प्रभावित बनाएका थिए। सोही समय निर्णायक मध्येका एक हिमेश रेशमियाले उनको पाउ छुँदै ‘छोटे भगवान’ भनेका थिए।
३. जयशको बालसुलभ रमाइलोले कार्यक्रमको हरेक शृंखला विशेष बनाइरह्यो। यसैकारण अन्तिम समयसम्म उनलाई फिर्ता जान दिइएन।
४. जयश विशेष प्रतिभा लिएर जन्मेका छन् भन्ने धेरैले थाहा पाएकै कुरा हो। अरुभन्दा किन फरक छन् भने उनको मुटु दायाँतिर छ। सामान्यतया मुटु बायाँतिर हुने गर्छ।
५. जयशसँग यस्तो प्रतिभा छ कि, उनी दुईपटक सुनेर नयाँ-पुराना गीत याद गर्न सक्छन्। उनका बुबाले यसका लागि सहयोग गर्छन्।
६. जयशका बुबा नोयडाको एउटा कम्पनीका सफ्टवेयर इन्जिनियर हुन्। तर, उनलाई गीत गाउने ठूलो शौख थियो र छ। त्यसैले छोरा सानै उमेरमा गाउन थालेकोमा उनलाई असाध्यै खुसी मिलेको छ।
७. जयशलाई कम उमेरका कारण प्रतियोगी नबनाइएको हो। तर, निर्णायकहरु र अतिथी निर्णायकहरु उनीबाट असाध्यै प्रभावित भएकाले कार्यक्रमको अन्तिम समयसम्म उनलाई साथै राखियो।
८. हिमेश रेशमिया जयशबाट यति प्रभावित छन् कि, उनले आफ्नो आगामी गीतका लागि अहिले नै उनीसँग सम्झौता गरिसकेका छन्।
९. ५ वर्षकै उमेरमा जयशले गणेश बन्दनादेखि हनुमान चालिसासम्म कन्ठस्थ पारेका थिए। उनको दिमाग यति तेज छ कि, कुनैपनि कुरालाई एकैपल्ट बुझ्न सक्छन्।
१०. जयश कसैको घर जाँदा सबैभन्दा पहिला उनीहरुलाई ‘मन्दिर कहाँ छ?' भनेर सोध्छन्। मन्दिर गएपछि उनी कुनै पनि भक्ति किताब लिएर हिँड्छन्। पछि उनकी आमा फर्काउन जानुपर्छ।
११. जयश प्रायः सबै बलिउड नायकहरुको क्यारिकेचर गर्न सक्छन्। उनी अमिताभ बच्चनको क्यारिकेचर गर्न बढी रुचाउँछन्।
१२. बलिउडका प्रायः नायक र गायकहरुले उनलाई भेटिसकेका छन्। सबै उनीसँग प्रभावित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।