नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिएका छन्।
उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतीय कंग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि आलोचना गर्दै धमिरा भनेका हुन्।
भ्रष्टाचारलाई प्रोत्साहन गर्ने दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न उनले आग्रह गरेका थिए।
शनिबारको सभामा मोदीले भने, 'यदि तपाईंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन्। कंग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुनः देखापर्छ।'
उनले थपे, 'तपाईंले सरकार मात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनु भएको छ, तर जरैदेखि सफाइ गर्न जरुरी छ।'
हिमाञ्चलमा यही नोभेम्बर ९ मा राज्यसभाको निर्वाचन कार्यक्रम छ। हिमाञ्चल राज्य सरकारमा अहिले कंग्रेसको नेतृत्व छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।