काठमाडौं- निर्वाचन आयोगको प्रमुखमा संवैधानिक परिषद्बाट सिफारिस दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
बुधबारदेखि १० दिनसम्म उजुरी दिन सकिने समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
संवैधानिक परिषद्ले चैत ११ गते निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।