काठमाडौं– न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जना र उच्च अदालतमा १७ जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि नाम सिफारिस गरेको हो। परिषद्ले प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको छ। परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशवाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो।
उच्च अदालतमा १७
यस्तै, न्याय परिषद्ले उच्च अदालतमा रिक्त पदका लागि १७ जनाको नाम सिफारिस गरेको छ। परिषद्को बैठकले पूर्व अतिरिक्त न्यायाधीश, जिल्ला न्यायाधीश, न्याय समूह,कानुन समूह र कानुन व्यवसायीलाई समेट्दै नाम सिफारिस गरेको हो।
न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानुन मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ।
साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन्। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्र लाभ कर्ण रहेका छन्।
कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन्।
थप एक बैसाखपछि
बैसाख ३ गतेबाट अनिवार्य अवकाश पाउँदै गरेका एक न्यायाधीशको कोटामा पनि परिषद्ले सिफारिस गरेको छ। उच्च अदालतका न्यायाधीश उमेशराज पौडेलको पदमा अधिवक्ता अञ्जु ढकाललाई सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।
परिषद्ले सर्वोच्चका लागि पनि पाँच स्थायी न्यायाधीश सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।