बारा– आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीमा परी घाइते भएका एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा फेटा गाउँपालिका ६ का ५ वर्षीय फैयाज आलम रहेका छन्।
बालकको नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो उपचारको क्रममा मृत्यु भएको एसपी सानुराम भट्टराईले जानकारी दिए।
यससँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।