फेटा, बारा- चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ हाडजोर्नी विशेष डा गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा आइपुगेका छन्। उनी प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि आएका हुन्।
सोमबार रात्रिबस चढेर बारा आइपुगेका डा केसी मंगलबार बिहान यहाँको फेटा गाउँपालिकमा छन्। उनले घाइतेलाई राहत वितरण गरी उपचारसमेत सुरु गरेका छन्।
आफ्नै खर्चमा आवश्यक औषधिसमेत बोकेर डा केसी प्रभावित क्षेत्रमा आएका हुन्। बाराको फेटा सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

डा केसीले मंगलबार दिउँसोभर उक्त क्षेत्रमा बिरामीको उपचार गर्ने बताएका छन्।
आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारामा २६ र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।