शुक्रबार शाहरूख खानले आफ्नो ५२ औ जन्मदिन अलिबागमा रहेको आफ्नो फार्म हाउसमा ठूलो पार्टी गरेर मनाए। पार्टीमा बलिउडका साथीहरू तथा उनका पारिवारिक सदस्यहरूको राम्रो उपस्थिति रहेको थियो।
शाहरूखको पार्टीले गतिलै चर्चा पायो। पार्टीले शाहरूखको मात्र नभइ उनकी पत्नी गौरी खानलाई पनि चर्चामा ल्यायो। गौरी भने अलि भिन्न कारणले चर्चामा आइन्। उनी सामाजिक संजालहरूमा पार्टीको फोटोले ट्रोलको सिकार बनिन्।
पार्टीमा उनले लगाएको पहिरनले उनलाई सो अवस्थामा पुर्याएको थियो। सोसल मिडियामा गौरीले सेतो रंगको लुगा लगाएकी थिइन। उनको सो लुगा धेरै नै पातलो थियो जसबाट उनले लगाएको भित्री वस्त्र स्पष्ट देखिन्थ्यो। यही लुगाको तस्विर बाहिरिएपछि उनी ट्रोलको सिकार बन्न पुगिन्।
ट्रोलकर्ताहरूले मध्ये एकले गौरीले आफ्नो उमेर नसुहाउँदो कपडा लगाएको भनेर उनको आलोचना गरे भने अर्काले दुई बच्चाको आमा भएको ख्याल नगरी लुगा लगाएको भनेर आलोचना गरेका थिए। यस्तै उनलाई लुगा लगाउने ढंग नभएको र आगामी दिनमा विचार पुर्याएर लुगा लगाउन समेत सुझाब दिए ।
गौरी यसरी ट्रोलको सिकार भएको यो पहिलो अवसर भने होइन। यस अघि पनि उनी उनको कपालको स्टाइल र मेकअपका कारण ट्रोलको सिकार भइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।