काठमाडौं– न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि नाम सिफारिस गरेको हो।
परिषद्ले प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको छ। परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशवाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।