कोरिया- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरद्वारा आयोजना गरिएको विश्वव्यापी कविता प्रतियोगिता २०१७ मा उत्तम लिम्बुको कविता 'युगका स्वरहरू' प्रथम भएको छ।
प्राप्त तीन सय कवितामध्ये तीन चरणको छनोट प्रक्रिया पूरा गर्दै निरज दाहालको 'गरिबका आँसु' द्वितीय भएको छ भने ज्ञानेन्द्रबहादुर सिंहको 'नेपाल मेरो भन' तृतीय भएको छ। पुरस्कृत कविहरूले क्रमश: रु.२० हजार, १० हजार र ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन्|
अनेसासका केन्द्रीय महासचिव तथा साहित्यकार गोवर्द्धन पूजाको संयोजनमा सम्पन्न प्रतियोगिताको विभिन्न चरणको निर्णायकमा श्रीओम श्रेष्ठ रोदन, प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, देवी नेपाल, प्रमोद सारंग र गोवर्द्धन पूजासमेत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।