काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हावाहुरीमा भएको क्षतिको स्थलगत निरिक्षण गर्न बारा र पर्सा जाने भएका छन्।
उनी बिहान ११ बजे जाने तयारी रहेको निजी स्रोतले जनाएको छ। बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।