वासिंटन (एजेन्सी)– अमेरिकाले सोमालियामा बसिरहेका इस्लामिक स्टेट (आइएस)का आतंकवादीलाई लक्षित गरी ड्रोन हमला गरेको छ। अमेरिकाले पहिलोपटक अफ्रिकी देशमा आतंकवादीमाथि हमला गरेको हो।
अमेरिकी सेनाले पूर्वोत्तर सोमालियामा ड्रोन हमला भएको पुष्टि गर्दै केही आतंकवादी मारिएको हुन सक्ने बताएको छ। ‘भ्वाइस अफ अमेरिका’ले जनाए अनुसार बुका गाउँमा लुकेर बसेका आइएसमाथि ६ वटा मिसाइल हमला भएको थियो।
सोमालियाको समयअनुसार आक्रमण राति ३ बजेसम्म भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।