एजेन्सी- भारतीय निर्वाचन आयोगले दीपिका पादुकोण अभिनित 'पद्मावती'लाई प्रतिबन्ध गर्न भारतीय जनता पार्टीले गरेको अपिललाई अस्विकार गरेको छ।
भाजपाले एक पत्र लेख्दै सञ्जय लीला भन्साली निर्देशित फिल्मलाई प्रतिबन्ध लगाउन वा रिलिज पर सार्न आयोग समक्ष माग गरेको थियो।
फिल्मले ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप बिजेपीले लगाउँदै आएको छ। गुजरातको राजपुत समाजले फिल्मले राजपुत कन्या 'पद्मावती'को जीवनीलाई गलत ढंगले फिल्ममा पेस गर्ने भएकाले भाजपामार्फत सो फिल्मलाई प्रतिबन्धित गर्नुपर्ने बताउँदै आएको छ।
फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ। रातपुतहरूको असन्तुष्टिका कारण उनीहरूले फिल्मको सुटिङदेखि नै विरोध गर्दै आइरहेका छन्। फिल्मको सुटिङका क्रममा निर्देशक भन्सालीमाथि आक्रमण गर्दै सेटको सामानमा समेत राजपुत समाजका कार्यकर्ताले आगो लगाएका थिए।
बिजेपीले आसन्न चुनावमा फिल्मका कारण हिंसा नभड्कियोस् भन्नका खातिर सो माग गरिएको जनाउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।