एजेन्सी- बलिउड स्टार सलमान खान अभिनित 'टाइगर जिन्दा है'को रिलिज गरिएको थीम गीतको ट्युन हलिउड स्टार टम क्रुजको सुपरहिट स्पाई थ्रिलर सिरिज 'मिसन इम्पोसिबल'सँग मिलेको पाइएको छ।
फिल्मका निर्देशक अलि अब्बास जफरले ट्विटरमा गीत रिलिज गरेपछि उक्त कुरा बाहिरिएको हो। जफरले आफ्नो सो फिल्मको गीतमा आधारित भएर ट्रेलर वा गीत बनाउन आग्रह गरेका थिए। तर गीतको ट्युन हलिउड फिल्मसँग मिलेकाले सो गीत विवादमा तानिन सक्ने देखिएको छ।
'टाइगर जिन्दा है' सलमान खानको सन् २०१२ मा रिलिज 'एक था टाइगर'को सिक्वेल हो। फिल्ममा उनले कैटरिना कैफसँग जोडी बाँधेका छन्। फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।