मुम्बई- 'पद्मावती'का कारण गतिलो चर्चा बटुलिरहेकी दीपिका पादुकोणलाई हलिउडमा दोस्रो सफलता प्राप्त भएको छ।
यसै वर्ष 'एक्सएक्सएक्स: रिटर्न अफ ज्यान्डर केज'बाट हलिउडमा डेब्यू गरेकी दीपिकाले अर्को एक हलिउड फिल्म गर्ने भएपछि हलिउडमा दोस्रो सफलता हात पारेकी हुन्। दोस्रो फिल्ममा पनि उनले हलिउड स्टार भीन डिजेलसँग काम गर्नेछिन्।
फिल्मले ठूलो कमाल नगरे पनि दीपिकाले कामका लागि तारिफ बटुलेकी थिइन्। फिल्ममा उनी सेरेना उंगरको भूमिकामा देखिएकी थिइन्। सोही फिल्मको पूरा स्टारकास्ट लिएर अगामी फिल्म बन्न लागेको जानकारी फिल्म बजार विश्लेषक रमेश बालाले आफ्नो ट्विटरबाट दिएका हुन्।
दीपिकाको 'पद्मावती' डिसेम्बर १ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।