ऐजेन्सी, मुम्बई- टाइगर श्राफ अभिनित 'बागी २'को फस्ट लुक सार्वजनिक भएको छ। सार्वजनिक भएको फस्ट लुकमा टाइगर चिन्तित एवम गहन देखिएका छन्। सो फस्ट लुकमा उनी परिपक्व एवम शारिरिक रूपमा थप गठिलो शरिरमा देखिएका छन्।
गत सेप्टेम्बरबाट छाँयाकन थालिएको फिल्ममा रहेको टाइगरको लुकलाई अति गोप्य राखिदै आइएको थियो।
फिल्ममा उनी 'रियल' जीवनकी गर्लफ्रेण्ड दीशा पटानीसँग देखिनेछन्। फिल्म सोही नामको सन् २०१६ को 'बागी'को सिक्वल हो। फिल्म अप्रिल २७ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।