म्याड्रिड- स्पेनिस ला लिगमा रियल म्याड्रिडले रोमाञ्चक जित हात पारेको छ। रियलले हिउस्कामाथि ३-२ को जित निकालेको हो।
खेलको तेस्रो मिनेटमा हिउस्काका लागि हर्नान्जेडजले गोल गरेका थिए। तर २५ मिनेटमा रियलका लागि इस्कोले बराबरी गोल फर्काउन सफल भयो। ६२ मिनेटमा केबालोसलले गोल गरेर रियललाई अग्रता दिलाए।
तर ७४ मिनेटमा हिउस्काका लागि एक्जिइटताले बराबरी गोल फर्काउदा खेल दोस्रो पटक बराबरीमा आयो। खेलक सकिन एक मिनेट बाँकी छदा रियलले अग्रता लिन सफल भयो। रियलका लागि करिम बेन्जिमाले गोल गरेका थिए।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ६९ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५९ र तेस्रो स्थानको रियल म्याड्रिडको ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।