• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आँखाको समस्या र टाउको दुखाइ

64x64
नेपाल लाइभ सोमबार, चैत १८, २०७५  ०८:५५
1140x725

विपिन कोइराला - टाउको दुख्नु आम नेपालीको साझा समस्याजस्तै भएको छ। टाउको दुख्ने समस्याले हरेक उमेर समूहका व्यक्तिलाई पिरोलेको पाइन्छ। विश्व स्वास्थ्य संगठन तथा अन्य विश्व प्रसिद्ध स्वास्थ्य संस्थाले तयार पारेका प्रतिवेदनहरुमा पनि टाउको दुखाइलाई मानिसले भोग्ने स्वास्थ्य समस्यामध्ये प्रमुख पाँच समस्याभित्र राखिएको पाइन्छ।

टाउकोको सम्बन्ध शरीरका विभिन्न अङ्गसँग हुन्छ, त्यसैले टाउको दुख्नुमा शरीरका अन्य अङ्गको भूमिका रहन्छ। शरीरका धेरै अङ्गमध्ये टाउको दुखाइमा ठूलो भूमिका खेल्ने अङ्ग आँखा पनि हो। टाउको दुख्नुका कारण र बच्ने उपाय यहाँ प्रस्तुत गरिएको छः

नजिकको काम धेरै गर्नु
प्रविधिको जमानामा मोबाइल, ल्यापटप, इन्टरनेटमा व्यस्त नहुने सायदै होलान्।यसका साथै पढ्ने, लेख्ने क्रियाकलाप पनि नजिकबाटै गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखाका मांसपेशीहरु थकित हुने हुँदा आँखा दुख्नुका साथै टाउको दुख्ने समस्या निम्तिन्छ।

लामो समयसम्म नजिकको काम गर्दा, आफूले काम गरेको स्थानमा पर्याप्त उज्यालो भए–नभएको ख्याल नगर्दा झन् समस्या बढेर जान्छ। गलत मुद्रामा बसेर लामो समयसम्म काम गर्दा पनि आँखा थाक्ने र टाउको दुख्ने समस्या देखिन्छ।

बच्ने उपाय
– आरामदायी तथा सहज मुद्रामा काम गर्ने बानी बसाल्ने,
– आफूले काम गर्ने स्थानमा आफूलाई सहज हुनेगरी पर्याप्त लाइटिङको प्रयोग,
– २०–३० मिनेट काम गरेपछि कम्तीमा १ मिनेट विश्राम लिने,

डिजिटल सामग्रीको अत्यधिक प्रयोग
मोबाइल, ल्यापटप, टिभी, कम्प्युटर, भिडियो गेम जस्ता सामग्रीको अत्यधिक प्रयोगले आँखालाई असर गर्छ, यस्ता सामग्रीको बढी प्रयोगले आँखा दुख्ने, आँखा सुक्खा हुने, टाउको दुख्ने, ढाड तथा काँध दुख्ने जस्ता समस्या निम्तिन्छन्।

यी समस्यालाई चिकित्सकीय भाषामा डिजिटल आई स्ट्रेन भनिन्छ। डिजिटल सामग्रीका स्क्रिनबाट निस्किने ब्लु रेज तथा ग्लेरका कारण यी समस्या आउने धेरै अनुसन्धानले देखाएका छन्।

बच्ने उपाय
– २०–२०–२० नियमको प्रयोग गर्ने (जसलाई २० मिनेट काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केही समय हेर्ने भनिन्छ),
– कम्प्युटरमा काम गर्दा एअरसी कोटेड वा ब्लु फिल्टर भएको चस्मा प्रयोग गर्ने,
– कृत्रिम आँसु थोपाको प्रयोग गर्ने,
– अरामदायी तथा सहज मुद्रामा काम गर्ने बानी बसाल्ने तथा स्क्रिन को उज्यालोपन र अक्षरको साइज आफ्नो अवश्यकता अनुसार फेरबदल गर्ने,

Ncell 2
Ncell 2
nimb
nimb

दृष्टिदोस  
दूरदृष्टि, अदूरदृष्टि , दृष्टिवैषम्य तथा ४० वर्ष लागेपछि हुने प्रेस्ब्योपिया दृष्टिदोसका केही प्रकार हुन्। सामान्य रुपमा बुझ्दा उमेरसँगै आउने आँखाको लम्बाइ तथा नानी र लेन्समा आउने परिवर्तनका कारण दृष्टिदोस हुनेगर्छ।
दृष्टिदोस भएका व्यक्तिलाई धमिलो देखिने, छिटो थकान महसुस हुने, आँखा दुख्ने, लेख्न–पढ्न र काम गर्न गाह्रो हुने साथै टाउको दुख्ने समस्याले पिरोल्छ। यस बाहेक कहिलेकाहीं दृष्टिदोस मेटाउन प्रयोग गरिने चस्मामा गलत पावर रखियो वा गलत तरिकाले फिटिङ भएको चस्मा प्रयोग गरियो भने समस्या निर्मूल हुनुको साटो झन् बढेर जान्छ।

बच्ने उपाय
– आधिकारिक स्थानमा आँखा जाँच गराई पावरवाला चस्मा लगाउने,
– धेरै पावर वा दुई आँखामा फरक पावर भएमा कन्ट्याक्ट् लेन्सको प्रयोग पनि गर्न सकिन्छ,
– आइपरेमा आँखा जाँच गराई दृष्टिदोस हटाउने अपरेसन पनि गर्न सकिन्छ,

आँखाको मांसपेशीको कमजोरी
दुई आँखालाई सँगै काम गर्न मद्दत गर्न आँखाभित्र र बाहिर धेरै मांसपेशीले काम गरेका हुन्छन्। धेरै नजिकको काम गर्ने, मसिनो वस्तुको काम गर्ने तथा विद्यार्थीमा धेरै मात्रामा देखिने यो समस्यामा टाउको दुख्ने बाहेक हेर्दाहेर्दै धमिलो देखिने, एउटा वस्तुलाई दुई वटा देख्ने, प्रकाश संवेदनशीलता हुने तथा कहिलेकाहीं थाकेको बेला वा धेरै लेखपढ गर्दा आँखा छड्के जाने जस्ता समस्या देखा पर्छन्।

बच्ने उपाय
– समयमै आँखा जाँच गराई आँखाको एक्सरसाइज वा थेरापी गर्ने,
– उचित पावरको चस्मा प्रयोग गर्ने,

Xtrem

Xtrem

आँखाका अन्य रोग
आँखाको वरपर तथा भित्री भागमा लाग्ने धेरै किसिमका रोगका कारण टाउको दुखेको महसुस हुन्छ, त्यसैले टाउको दुखाइलाई कुनै आँखा रोगको लक्षणका रुपमा पनि लिन सकिन्छ। नानीमा हुने घाउ, आँखाको ढकनीमा आउने आनो, अकस्मात आँखाको प्रेसर बढ्नु जस्ता रोगमा पनि आँखाका समस्यासँगै अत्यधिक टाउको दुख्ने लक्षण देखिन्छ।
यस बाहेक आँखाको दृष्टि नशाका रोगहरुमा पनि टाउको दुख्नेसँगै बान्ता आउने, आँखा चलाउँदा दुख्ने जस्ता लक्षण देखा पर्छन्। हेर्पेस नामक भाइरसको इन्फेक्सनमा र माइग्रेन भएका बिरामीमा अत्यधिक टाउको दुख्ने समस्या देखिन्छ।

बच्ने उपाय
– आँखाको रोगका कारण दुखेको टाउको आँखाको उचित उपचार गरेपछि आफैं निको भएर जान्छ। 
– माथि उल्लेख गरएिका रोगहरुमध्ये कुनै रोग मेडिकल इमर्जेन्सी पनि हुनसक्छ। त्यसैले समयमै अस्पताल जानुपर्छ।

(कोइराला बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जमा अध्ययनरत छन्)

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्