काठमाडौं- विवाहित महिलाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यसहित 'मिसेस ब्युटी क्विन नेपाल, २०१७' आयोजना हुने भएको छ । सिजन मिडिया प्रालिको आयोजनामा पहिलो पटक 'मिसेस ब्युटी क्विन नेपाल' प्रतियोगिता आयोजना हुन लागेको हो।
सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले महिलाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकता महसुस गरी कार्यक्रम आयोजना गर्न लागेको बताए।
वन्तले मिसेस ब्युटी क्विन नेपालको पहिलो संस्करणका लागि उपत्यका र उपत्यका बाहिरबाट ३० प्रतियोगी समावेश गराइने जानकारी दिए । उनले प्रतियोगिताका लागि फारम खुल्ला भइसकेको बताए । उनका अनुसार पहिलो चरणको छनोट आगामी मंसिरको पहिलो सातामा हुनेछ।
छनोट प्रक्रियाबाट आएका प्रतियोगीलाई प्रशिक्षणका क्रममा शारिरीक फिटनेस, जुम्बा, एरोबिक्स, र्याफ्टिङ, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।