लन्डन- इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ। लिभरपुलले प्रिमियर लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामलाई २-१ गोलले पराजित गरेर शीर्ष स्थानमा फेरि उक्लिएको हो।
लिभरपुलका लागि रोबर्टो फिर्मिनोले खेलको १६ मिनेटमा गोल गरेका थिए। तर ७० मिनेटमा टोटनह्यामका लुकास मोउराले बराबरी गोल फर्काउन सफल भए। खेलको अन्तिम मिनेटमा टोटनह्यामका एन्डरवाइन्डले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा लिभरपुलले अग्रता लियो।
लिगको अर्को खेलमा चेल्सीले कार्डिफलाई २-१ ले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७९ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीङ्को ३१ खेलबाट ७७ अंक छ। टोटनह्याम ३१ खेलबाट ६१ अंक जोडेउर तेस्रो स्थानमा छ भने चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ६१ नै अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।