काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटअन्तर्गत चेन्नई सुपरकिंग्स लगातार तेस्रो खेल जितेर शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो। राजस्थानको यो लगातार तेस्रो हार हो।
पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १ सय ७५ रन जोड्यो। जावाफमा राजस्थानले ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सक्यो।
चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७५ रन जोडे। उनले ४६ बलमा समान ४-४ चौका र छक्का हिर्काए। डिजे ब्राभोले २७ र सुरेश रैनाले ३६ रनको योगदान दिए। बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।
जस्थानक लागि बेन स्टोक्सले सबैभन्दा बढी ४६ र जोडे भने राहुल त्रिपाठीले ३९ रन बटुले। स्टेभिभन स्मिथले २८ र आर्चरलेय नटआउट २४ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा चेन्नईका डिजे ब्राभो, इमरान ताहिर, दिपक चाहर र शार्दुल ठाकुरले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।