काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि सानदार जित हात पारेको छ।
आइतबार भएको खेलमा हैदरावादले बैंग्लोरलाई १ सय १८ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको हैदरावादले २ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो। बैंग्लोर १ बल खेल्न बाँकी छदा १ सय १४ रनमा अलआउट भयो। बैंग्लोरका लागि ग्रान्डहोमले सबैभन्दा बढी ३७ रन जोडे। ठूलो लक्ष्य पछ्याएको बैंग्लोरले ८ ओभरमा आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो भने ३५ रन मात्र जोडेको थियो। बैंग्लोरको इनिङ ध्वस्त पार्ने हैदरावादका मोहमद नाबीले ४ र सन्दीप शर्माले ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको हैदरावादका जोनी बिस्ट्र र डेभिड वार्नरले रोयल च्यालेन्जर्स बैंग्लोर शतक प्रहार गरे।
हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमका लागि बिस्ट्रले १ सय १४ रन र वार्नरले नटआउट सय रन बनाएका हुन्। बिस्ट्रले ५६ बलमा १२ चौका र ७ छक्का हिर्काए। वार्नरले ५५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।