बेइजिङ- प्रतिलिपी अधिकार उल्लंघन गर्ने एक हजार ६५५ वेबसाइटलाई चिनियाँ सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन्।
प्रतिलिपि अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८ सय वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिए। प्रतिलिपि अधिकार उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै वर्षको जुलाईमा सुरु गरेका हुन्।
चीनको ‘साइबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपि अधिकार उल्लंघन गर्नेविरुद्धको कडा कारबाही अभियान चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।