नयाँ दिल्ली (एजेन्सी)– कमेडियन कपिल शर्माको फिल्म ‘फिरंगी’ को दोस्रो गीत ‘सजना सोहने जिया’ रिलिज भएको छ । जसमा कपिल पूरै रोमान्टिक रुपमा देखिएका छन्।
नुरा दिदी–बहिनीले गाएको यो गीत रोमान्टिक पनि छ । गीतमा कपिल आँखाको भाकामा आफ्नो हिरोइनलाई प्रेम प्रस्ताव गरेको हेर्न सकिन्छ । गीतमा जितेन्द्र शाहले संगीत दिएका हुन्।
गीतमा कपिलको केमेस्ट्री इसितासँग मिलेको देखिन्छ।
कपिल आफ्नो टिभी सो बन्द भएपछि सार्वजनिक समारोहमा त्यति देखिएका थिएनन् । त्यसैले उनको फ्यानहरुका लागि फिल्मको गीतले केही आशा ल्याएको छ।
फिल्मी करिअरको सुरुवात २०१५ बाट गरेका कपिल दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हुन् । उनको डेब्यू फिल्म ‘किस किसको प्यार करुँ’ लाई दर्शकले रुचाएका थिए।
फिल्ममा उनका हिरोइन इसिता दत्ता र मोनिका गिल छिन् । पोस्टरमा भने हिरोइनको तस्बिर सार्वजनिक भएको छैन । कपिलको आफ्नै प्रोडक्सन हाउसको पहिलो फिल्म ‘फिरंगी’ नोभेम्बर २४ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।