राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कट्टर प्रतिद्वन्दी मानिएको देश रुसीको राष्ट्रपति भ्लादिमिर पुटिनको कठपुतली भएको भन्दै अमेरिकी नागरिकहरुले एक महिनाअघि ठूलै विरोध जनाएका थिए।
ट्रम्प र पुटिनबीचको सम्बन्ध कुन तहसम्म हो? यो अझै अनुत्तरित छ। अझ, डेमोक्र्याटहरुका लागि यी दुई राष्ट्रपतिको सम्बन्ध अनुसन्धानको विषय बनेको छ। अमेरिका र रुसका समकक्षीबीचको सम्बन्ध माकुराको जालोझैँ जेलिएको छ।
पुटिन र ट्रम्पको सम्बन्ध समकक्षीका रुपमा मात्रै सिमित छैन्। उनीहरु व्यक्तिगतरुपमा जति घनिष्ट मानिन्छन्, व्यापार, प्रशासन र पारिवारिक सम्बन्ध पनि उत्तिकै मजबुत मानिन्छ। पुटिनको सहयोगमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेको विवाद सेलाउन नपाउँदै उनीहरुको व्यापारीक सम्बन्ध सार्वजनिक भएपछि यसले ह्वाइटहाउसमा तरंग ल्याएको छ।
प्रशासकमार्फत ट्रम्प र पुटिनको सम्बन्ध
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन पूर्व सिनेटर हुन्। राष्ट्रपतीय निर्वाचन दौरान उनले रुसी राजदुत सेर्जेइ स्लाकलाई पटक–पटक भेटे। ट्रम्पलाई जिताउने अभियानमा उनले स्लाकलाई भेटको समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ।
ट्रम्प प्रशासनमा विदेश मामिला मन्त्री रहेका रेक्स टिलरसनका कारण रुससँग सम्बन्ध प्रगाढ बनाउन ट्रम्पलाई सजिलो भएको आँक्लन गरिएको छ। टिलरसनको रुससँग व्यापारिक सम्बन्ध राम्रो छ। टिलरसन रुसका दुई ठूला कम्पनी रुसनेफ्ट र गाजप्रोमसँगको व्यापारमा संलग्न छन्।
जासुसी संयन्त्रबाट गाँसिएको सम्बन्ध
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन थिए। अमेरिकाका लागि रुसी राष्ट्रपति सेर्जेइ स्लाकसँगको साँठगाँठबारे व्यापक प्रश्न उठेपछि उनले राजीनामा दिनु परेको थियो। जासुसी संयन्त्रको निर्देशकको हैसियतले उनी २०१३ मा रुसको जासुसी संयन्त्र जीआरयुमा पुगेका थिए। रुसको प्रोपागान्डा फैलाउने निकाय आरटीसँग पनि उनको साँठगाँठ थियो। उनी रुसी प्रोपागान्डा विभागबाट तलब बुझ्ने गरेको समेत सार्वजनिक भएको थियो। ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गराउन रुसी जासुसी संयन्त्र र प्रोपागान्डा विभागसँग फ्लिनले गतिलो सहकार्य गरेका थिए।
राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको चुनावी अभियान सम्हाल्ने कमाण्डर थिए, पल म्यानाफर्ट। उनको रुसी नागरिक रर्जर स्टोनसँग सम्बन्ध राम्रो थियो। स्टोन सनसनीपूर्ण खबर सार्वजनिक गर्ने विकिलिक्सका सम्पादक जुलिएस आसान्जसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन्। स्टोनलेलै आसान्जलाई हिलारी क्लिन्टनको गोप्य इमेलको सम्पूर्ण जानकारी उपलब्ध गराएको मानिन्छ। विकिलिक्सले सार्वजनिक गर्ने तरखर गर्दै गर्दा रुसी जासुसी संयन्त्र जीआरयुले ती सूचना ह्याक गर्यो र प्रोपागान्डा विभाग मार्फत क्लिन्टनको इमेल प्रकरण अमेरिकामा सार्वजनिक गरिदिएको थियो। ट्रम्पका प्रत्यासी क्लिन्टनले चुनाव हार्नुको प्रमुख कारण इमले प्रकरणलाई लिने गरिन्छ।
व्यापारीक सम्बन्ध
ट्रम्प र पुटिनबीच व्यापारीक सम्बन्ध समेत रहेको मानिन्छ। रुसको पूर्वाधार निर्माण ठेक्का ट्रम्पको कम्पनीले पाउने गरेको छ। यस्तै पुटिनको कम्पनी एफएल ग्रुपले ट्रम्पको केही परियोजनामा लगानीसमेत गरेको छ। रुसको सबैभन्दा ठूलो निजी बैंक अल्फामा पनि ट्रम्पको लगानी छ। ट्रम्पको कम्पनीहरुको कारोबार समेत प्रायः त्यहीबाट हुनेगर्छ।
एजेन्सीकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।