• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

एन्टिबायोटिकको प्रयोग : कस्तो सावधानी अपनाउने?

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०७५  १६:५५
1140x725

एन्टिबायोटिक (प्रतिजैविकी) भन्नेबित्तिकै सामान्यतया संक्रमण निर्मूल गर्न दिइने औषधि भन्ने बुझिन्छ। साधारणतया यो शब्द ब्याक्टेरियाको विरुद्ध काम गर्ने औषधिका निम्ति प्रयोग गरिन्छ। 

एन्टिबायोटिक अन्तर्गत धेरै समूह वा वर्गका औषधि पर्छन्, जसले विभिन्न थरीका ब्याक्टेरियालाई मार्ने वा नाश गर्न सहयोग गर्छन्। अरु औषधिका जस्तै एन्टिबायोटिकका पनि वर्ग र औषधि अनुसार सानादेखि गम्भीर खालका साइड इफेक्ट (दुष्प्रभाव) हुन सक्छन्।

सही एन्टिबायोटिकको छनोट कसरी गरिन्छ ?

एन्टिबायोटिक मात्र नभई कुनै पनि औषधिको सही उपयोग भन्नाले आवश्यकताको ठीक पहिचान गरी सही मात्रामा, सही समयका लागि र बिरामीलाई यस सम्बन्धी आवश्यक जानकारी समेत गराएर सही औषधि दिनु हो। औषधि दिएपछि त्यसले काम गरे-नगरेको र साइड इफेक्ट देखिए-नदेखिएको निगरानी समेत गरी बेलैमा सही निर्णय (औषधि परिवर्तन गर्ने वा रोक्ने) गर्नु पनि जरुरी हुन्छ।  

सही उपचारका लागि संक्रमणको सही पहिचान गर्नु पहिलो कुरा भए पनि सही पहिचानबाट मात्रै सधैं उपचारका लागि उपयुक्त एन्टिबायोटिकको पहिचान गर्न सकिने अवस्था नहुन सक्छ। संक्रमण अनुसार रगत, पिसाब, खकार, पिप आदिबाट ब्याक्टेरिया र त्यस विरुद्ध काम गर्न सक्ने र नसक्ने एन्टिबायोटिक पत्ता लगाउन गरिने परीक्षणलाई कल्चर र सेन्सिटिविटी परीक्षण भनिन्छ, जुन सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु आफैंमा समस्या हो।

उदाहरणका लागि लक्षण र सामान्य जाँचबुझबाट पिसाबको संक्रमण भएको भनेर निदान (डाइग्नोज) हुन सक्छ। तर, कुनै अवस्थामा कुन जीवाणु (ब्याक्टेरिया) को संक्रमण हो र कुन एन्टिबायोटिक उपयुक्त हुनसक्छ भनेर पिसाबको कल्चर गरेर ब्याक्टेरिया तथा त्यस विरुद्ध काम गर्नसक्ने औषधिको पहिचान गर्नुपर्ने हुनसक्छ। कुनै बिरामी गर्भवती भएको वा कुनै अरु रोग जस्तै मिर्गौला वा कलेजोको रोग आदिका कारण पनि कुनै एन्टिबायोटिक दिन नमिल्ने हुन सक्छ। त्यस्तो अवस्थामा अरु सामान्य बेला पहिलो प्राथमिकतामा पर्ने एन्टिबायोटिकको साटो अरु उपयुक्त एन्टिबायोटिक छनोट गरिन्छ।

एन्टिबायोटिकको दुरुपयोग कसरी हुन्छ ?

सबै संक्रमणका लागि एन्टिबायोटिकले काम गर्दैनन् र जथाभावी तिनको प्रयोग गरेमा हानि बढी हुन सक्छ। यो कुरा जनसाधारणलाई थाहा नभएकाले जाँचबुझ नगराई तथा रोग नै पत्ता नलगाई यस्ता औषधिको सेवन गर्ने प्रवृत्ति व्यापक देखिन्छ। उपयुक्त शिक्षाको अभावले तथा आवश्यक जाँचबुझ उपलब्ध नहुनाले पनि धेरै चिकित्सकले आवश्यक नै नभएको बेलामा पनि एन्टिबायोटिक सिफारिस गर्ने गरेको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जनसाधारण तथा कतिपय चिकित्सकमा समेत ज्वरोको उपचारका निम्ति एन्टिबायोटिक प्रयोग गर्ने बानीले गर्दा यसको अनावश्यक रूपमा ठूलो मात्रामा उपयोग भएको देखिन्छ। एन्टिबायोटिकको सबैभन्दा धेरै दुरुपयोग रुघाखोकीको उपचारमा हुने गरेको देखिन्छ। विशेष अवस्थामा बाहेक साधारण रुघाखोकी केही दिनमा आफैं ठीक हुने भाइरस (विषाणु) को संक्रमण हो। धूलो-धूवाँबाट बच्ने, आराम गर्ने तथा सजिलै उपलब्ध हुन सक्ने घरेलु उपचार जस्तै मह, अदुवा र तुलसीको पातको रस सेवन गरेमा रुघाखोकी ठीक पार्न धेरै सहयोग पुग्छ। 

रुघाखोकी लाग्दा एन्टिबायोटिकको प्रयोगले लाभभन्दा पनि केवल हानि हुन सक्ने भएकाले तिनको प्रयोग गर्नु नितान्त गलत हो। त्यसैगरी सामान्य पखालामा पनि एन्टिबायोटिकको प्रयोग अनावश्यक र कतिपय अवस्थामा हानिकारक समेत हुनसक्छ। आवश्यक भएको अवस्थामा पनि अनुपयुक्त एन्टिबायोटिक सिफारिस र प्रयोग गरेमा रोगको सही उपचार नहुने त छँदैछ, औषधिको साइड इफेक्ट मात्र झेल्नुपर्ने र जीवाणुले प्रतिरोधशक्ति विकास गर्ने सम्भावना रहन्छ।  

एन्टिबायोटिकको दुरुपयोगले कस्ता समस्या आइपर्छन्?

एन्टिबायोटिकप्रति ब्याक्टेरियाको प्रतिरोध विकास हुँदै जाँदा नयाँ प्रभावशाली एन्टिबायोटिक खासै पत्ता लाग्न नसक्नु आधुनिक चिकित्सा विज्ञानको लागि ठूलो चुनौती भएको छ। कतिपय ब्याक्टेरिया विशेषगरी अस्पतालभित्र हुने संक्रमण गराउने केही ब्याक्टेरियाका प्रजातिले उपलब्ध सबै एन्टिबायोटिक विरुद्ध प्रतिरोध विकास गरेकाले यस्तो अवस्था आएको हो। 

Xtrem

Xtrem

कतिपय अवस्थामा संक्रमणको सही निदान नहुँदै एन्टिबायोटिक प्रयोग गरेमा समयमा रोगको निदान गर्न धेरै कठिनाइ हुन्छ। त्यसबाट चिकित्सक र बिरामी दुवैले समस्या झेल्नुपर्ने स्थिति आउँछ। कतिपय संक्रमण आफैं ठीक हुने वा थोरै ब्याक्टेरिया विरुद्ध काम गर्ने एन्टिबायोटिकले निको हुने पनि हुन्छ। तर, त्यसमा गलत किसिमले एन्टिबायोटिकको प्रयोग गरेमा बिरामी र चिकित्सकमा एन्टिबायोटिकको दुरुपयोग गर्ने बानी बढाउने खतरा रहन्छ, जुन व्यापक रूपमा एन्टिबायोटिक प्रतिरोध फैलाउने कारण समेत बन्न जान्छ। तसर्थ बिरामी र चिकित्सक दुवैले सावधानीका साथ एन्टिबायोटिकको प्रयोग गर्नु-गराउनु अत्यन्तै आवश्यक छ।

एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै अनावश्यक खर्च र औषधिका साइड इफेक्टका कारण हुने सामान्य वा गम्भीर किसिमका हानिबाट जोगिन सकिन्छ।

दुरुपयोग कसरी घटाउने?

एन्टिबायोटिकको दुरुपयोग घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। रोग र ब्याक्टेरियाको सही पहिचान गर्ने सुविधा ग्रामीण क्षेत्रसम्म भएमा अनावश्यक एन्टिबायोटिकको प्रयोग कम गर्न ठूलो सहयोग पुग्ने कुरा स्पष्ट छ। चिकित्सा शिक्षालाई गुणस्तरी बनाउनु तथा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई यस सम्बन्धमा तालिम दिनु शैक्षिक उपाय हुन्। 

नियम अनुसार स्वास्थ्यकर्मीको सिफारिसमा मात्र एन्टिबायोटिकको बिक्री गर्न पाइने भए पनि नियमको पालना नहुँदा दुरुपयोग नियन्त्रण हुन नसकेको देखिन्छ। अत: एन्टिबायोटिकको बिक्री-वितरण विधिवत रुपमा भएको छ कि छैन भन्ने नियमन र अनुगमन गरिनु आवश्यक छ। 

यसैगरी जनतालाई पनि स्वास्थ्य शिक्षाद्वारा सुसूचित गराई संक्रमण फैलिन नदिन बेलैमा उपाय अवलम्बन गर्नु पनि महत्त्वपूर्ण उपाय हुन्। यी सबै उपाय अवलम्बन गरी एन्टिबायोटिकको सही उपयोग बढाउँदै दुरुपयोग नियन्त्रण गर्नु अत्यावश्यक छ। यसमा सबै पक्षले समयमै ध्यान दिनु जरुरी छ। 

डा आचार्य औषधि चिकित्सा विज्ञान (फर्माकोलोजी) का विशेषज्ञ चिकित्सक हुन्।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्