• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

हड्डी कमजोर हुने रोग

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०७५  १६:३४
1140x725

अस्टियोपोरोसिस हाडमा देखिने रोग हो । अस्टियो भनेको हाड हो भने पोरस भनेको हाडको घनत्व कम हुन गएर कमजोर हुनु हो । त्यसकारण हाडमा देखिने कमजोरी अर्थात सामान्य अवस्थामा रहेको हड्डीको भित्री बनोटमा ठुला छिद्रहरु हुने समस्या नै अस्टियोपोरोसिस हो । सुक्ष्म रुपमा हड्डी नास हुने वा कमजोर हुँदै जाने समस्यालाई नै अस्टियोपोरोसिस भनिन्छ ।

अस्टियोपोरोसिसले मानिसका हड्डीहरु सामान्य अवस्थामा पनि भाँचिने सम्भावना हुन्छ । ५० वर्षमाथिका अधिकांश मानिसहरुमा यो समस्या देखिने गर्छ । जति मानिसको उमेर बढ्दै गयो त्यति धेरै यो रोग लाग्ने समस्या बढी हुन्छ ।

मानिसको उमेर १६ देखि १९ वर्षको हुँदासम्म हाडको आकार र उचाईमा विकास हुन्छ । त्यस्तै २० देखि ३५ वर्षसम्म हाडको घनत्व बढ्ने र बलियो हुने हुन्छ । ३५ बषृको उमेरमा PEAK BONE MASS अर्थात हाडको उच्चतम घनत्व विकसित हुन्छ । यही उमेरमा सर्व सादाहरण मानिसले PEAK BONE MASS बढाउन सकेमा भविष्यमा आइपर्ने अस्टियोपोरोसिस समस्या वाट वच्न सकिन्छ । PEAK BONE MASS  बढाउन यहि उमेरमा पोषिलो खानेकुरा खाने , निरोगी रहने तथा शारीरिक व्ययाम गर्नु पर्दछ ।

अस्टियोपोरोसिस प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी अस्टियोपोरोसिस पनि टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । टाइप वान अस्टियोपोरोसिस विशेषगरी महिलाको महिनावारी बन्द भएपछि हुन्छ । यसको कारण महिलामा हुने इस्ट्रोजन नामक हर्मोनको महिनावारी बन्द अवस्थामा एक्कासि गिरावट हुनु हो । टाइप टु भनेको सिनाइल अस्टियोपोरोसिस हो । यो बृद्धाअवस्था भएपछि हुने गर्छ ।

सेकेन्डरी अस्टियोपोरोसिस चाहीँ औषधिको नकारात्मक असरका कारण तथा अन्य रोगका कारण हुने गर्छ । छारे रोग सम्वन्धि  ANTI – CONVULSANT DRUGS तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरु त्था अत्याधिक मात्रामा STEROIDS प्रयोग गरेमा पनि अस्टियोपोरोसिस हुने सम्भावना बढ्दछ । मानिसको शरीरमा अन्य तन्तुहरुको विकासक्रम जस्तै हाडको पनि आफ्नै विकासक्रम भैरहेको हुन्छ । हाडमा अन्तरिक मेटाबोलिजम भैरहेको हुन्छ । हाडमा हुने अस्टियोब्लास्टले हाडको विकास गरिरहेको हुन्छ भने अस्टियोक्लास्ले हाडको विनाश गरिरहेको हुन्छ । शरीरमा १० प्रतिशतजति स्थानमा हाडको यस्तो आन्तरीक METABOLISM हुने गर्दछ । हाडको विकाश अथवा बनोट भन्दा विनाश हुने क्रम बढेमा अस्टियोपोरोसिस रोग लाग्दछ । PEAK BONE MASS शुरुमानै धेरै भएमा हाडको विनाश क्रम बढेमा पनि चाडैनै हाडको घनत्व घट्न सक्दैन तसर्थ अस्टियोपोरोसिस रोग लागि हाल्दैन ।

शरीरमा ट्राविकुलर हाड र कोअर्टिकल हाड हुन्छ । ट्राविकुलर हाड भनेको अति कमलो हुन्छ । हाडको METABOLISM ट्राविकुलर हाड भएको स्थानमा बढी हुने भएकाले अस्टियोपोरोसिस पनि त्यस्तै हाड भएको स्थानमा बढी हुन्छ । अर्थात हत्केलानिरको हाड, करङ, हिप ज्वाईन्टस् र मेरुदण्डमा धेरै अस्टियोपोरोसिस हुने गर्दछ । अस्टियोपोरोसिस हुने प्रमुख चार हाड यिनै हुन् ।

अस्टियोपोरोसिस हुने उच्च जोखिम अवस्थाहरु मुख्यगरी महिनावारी बन्द भएका ४५ वर्ष माथिका महिलाहरु, धेरै धुम्रपान गर्ने, धेरैमात्रामा मद्यपान गर्ने, उचाई र तौल कम भएका (BMI < 19 KG/M2), विभिन्न रोगहरु जस्तै हाइपोगानाडिजम, हाइपरप्याराथाइरोईडिजम, मधुमेह, कुपोषण भएका, पाठेघर झिकिएका महिलाहरु, ६५ बर्ष नाघेका पुरुषहरु, FRAGILITY FRACTURE हरु परिवारमा भएमा , व्ययाम रहित दिनचर्या गरेमा , लामो समय ANTICOAGULANT  तथा STEROIDS सेवन गरेमा , युरोपेली वा एसियाली मुल रहेमा , मृगौला फेल भएका, केमो थेरापी लिएका मानिसमा बढी मात्रामा यो रोग लाग्दछ ।

11 संगठनका अनुसार विश्वमा ५० वर्ष उमेर नाघेका महिलाहरुमा तीन जना मध्ये एक जनामा र ५० नाघेका पुरुषमा १२ जना मध्ये एक जनामा यो रोग लागेको पाइएको छ । नेपालमा यो रोग कतिमा लागेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर काठमाडौँ उपत्यकाका जनसंख्याका आधारमा हेर्दा उपत्यकाका डेढ लाख महिलाहरु र ५० हजारको हाराहारीमा पुरुषहरुलाई यो रोग लागेका अनुमान छ ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्टियोपोरोसिस रोगको खासै लक्षण देखिदैन । यसलाई साइलेन्ट रोग पनि भनिन्छ । तर अस्टियोपोरोसिसका कारण हाडमा बढी क्षति भएर छिद्रहरु धेरै छ भने जिउ दुख्ने, मानिस बढी कुप्रदै जाने अथवा उचाई कम हुने हुन्छ । यसका साथै आफ्नै कदको उचाइबाट सामान्य रुपमा लडेर पनि हाडमा फ्याक्चर हुन सक्छ जुनकि सामान्य व्यक्तिलाई यस्तो हुने गदैन । नेपाल अर्थोपेडिक अस्पतालमा आउने फ्याक्चरका बिरामीमध्ये तीस प्रतिशत भन्दा बढी अस्टियोपोरोसिसको कारणले आउने गरेको देखिएको छ ।

हड्डीमा अस्टियोपोरोसिसको समस्या भए नभएको हेर्न तथा हड्डीको घनत्व अर्थात बलियोपना थाहा पाउन अहिले डेक्सा स्क्यान गरिन्छ । 11 संगठनले पनि ४५ वर्ष माथिका स्त्रीहरुले वर्षमा एकपटक डेक्सा स्क्यान गर्न भनेको छ । डेक्सा स्क्यान गर्दा मानिसलाई कुनैपनि नकरात्मक विकिरणको असर हुँदैन ।

यसले मानिसको सम्पूर्ण शरीरको स्क्यान गरेर हड्डीको अवस्थाका बारेमा सम्पुर्ण जानकारी दिन्छ । हड्डीमा स्क्यान गर्दा शरीरमा माइनस २ दशमलव ५ स्ट्यान्डर्ड डेभिएसन भन्दा कम देखियो भने अस्टियोपोरोसिस भएको थाहा हुन्छ । सामान्यतया मानिसको डेक्सा स्क्यान गर्दा T-SCORE -1 SD भन्दा कम रहनु हुदैन । यसरी डेक्सा स्क्यानबाट अस्टियोपोरोसिस रोगको सजिलै पत्तो लाग्दछ र उपचार गर्न अत्यन्त सहज हुन्छ ।

अस्टियोपोरोसिस भएपछि हड्डी भाँचिने सम्भावना निकै हुने भएकाले उपचार पनि महङ्गो पर्ने र वृद्धाअवस्थामा हड्डी भाँचिएपछि दुःख पनि बढी पाइने हुन्छ । त्यसकारण अस्टियोपोरोसिसको अवस्था शुरु देखि नै थाहा पाउनु राम्रो हुन्छ । सबैभन्दा उत्तम भनेको त हड्डीको घनत्व विकास भएर बलियो हुने उमेर २० देखि ३५ वर्षको समयमा धेरै मात्रामा पोषिलो खानेकुरा खाने, व्यायाम गर्ने गर्नु सबैभन्दा राम्रो हुन्छ ।

Xtrem

Xtrem

यसका साथै ४५ वर्ष पुग्ने बित्तिकै महिलाहरुले अनिवार्य रुपमा डेक्सा स्क्यान गर्नु पर्छ । उचाई कम भएका मानिस, मृगौलामा समस्या भएका, मधुमेह भएका, धेरै मात्रामा धुम्रपान र मद्यपान गर्नेहरु र ५५ वर्ष माथिकाले पनि वर्षमा अनिवार्य रुपमा एक पटक डेक्सा स्क्यान गर्नुपर्छ । वृद्धा अवस्थामा पुगेका लगभग सबैमा यो समस्या देखिने भएकाले डेक्सा स्क्यान गरेर सावधानी अपनाउनु नै अस्टियोपोरोसिसबाट हुन सक्ने क्षतिबाट जोगिने प्रमुख उपाय हो ।

नेपालमा डेक्सा स्क्यान भित्रिएको धेरै वर्ष भैसकेको छ । डेक्सा स्क्यानको खर्च पनि खासै महङ्गो छैन । यसका साथै अस्टियोपोरोसिस भैसकेपछि चिकित्सकको सल्लाहमा अस्टियोपोरोसिसको अवस्था हेरेर औषधि सेवन गर्नु नै यसबाट जोगिने उपाय हो ।

अस्टियोपोरोसिसलाई समयमानै उपचार गर्न सकिन्छ । शुरुमानै सावधानी अपनाएमा भविष्यमा हुने जटिलताहरुबाट बच्न सकिन्छ र धेरै समय, सम्पत्तिको वर्बादिबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्