मुम्बई (एजेन्सी)– बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना यतिबेला निकै चर्चामा छिन् । १७ वर्षीया सुहाना आफ्नो ग्लामर शैलीका कारण प्रायः चर्चामा आइरहन्छिन् । उनको ब्रान्डेड र महँगो लुगाको पनि चर्चा हुने गरेको छ।
मुम्बईमा धीरुभाई अम्बानीको स्कुलबाट १० कक्षाको पढाइ सकेर लन्डनमा पढ्दै गरेकी सुहाना ग्य्राजुएसन सकेर बुवा जस्तै फिल्ममा प्रवेश गर्न चाहन्छिन्।
बिहीबार शाहरुखको ५२औं जन्मदिनमा उनी नयाँ पहिरनमा देखा परिन् । जुन पहिरनको अहिले चर्चा भइरहेको छ । उनी गिभेन्ची ब्रान्डको टिसर्टमा देखा परेकी थिइन्।
हेर्दा निकै सस्तो देखिने यो टिसर्टको दाम सुनेर जो कसैलाई अचम्म लाग्न सक्छ । सुहानाले लगाएको टिसर्टको दाम १०–२० हजार नभएर पूरै ५० हजार २ सय १९ रुपैयाँको थियो।
उनी यसअघि पनि आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ हेर्न ६४ हजार रुपैयाँ पर्ने गिउसेप जानोटी ब्रान्डको जुत्ता पहिरिएर हल गएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।