काठमाडौं- अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडा विश्वको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा परेकी छन्।
विश्वप्रसिद्ध पत्रिका 'फोर्ब्स' ले सार्वजनिक गरेको सूचीमा उनी ९७ नम्बरमा परेकी हुन् । सञ्चार तथा मनोरञ्जन उद्योगका महिलाको सूचीमा भने उनी १५औं स्थानमा अटाएकी छन् । उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङभन्दा एक स्थान तल छिन्।
उनी संयुक्त राष्ट्रसंघको भगिनी संस्था युनेस्कोको सदभावना दूत समेत हुन् । उनी एक साता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सूचीमा पनि परेकी थिइन् । चर्चित अमेरिकी शो 'क्वान्टिक'को लागि उनले एक वर्षको अवधिमा करिब १० मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको बताइन्छ । याे सूचीमा उनी ८औं नम्बरमा छिन्।
शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एंजेला मर्केलले कब्जा जमाएकी छन् । उनी पछि याे सूचीमा बेलायती प्रधानमन्त्री थेरेसाकाे नाम छ । माइक्रोसफ्टकी मेलिन्डा गेट्स तथा फेसबुककी सिइओ सेरल स्यान्डबर्ग पनि याे सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।