काठमाडौं- निर्देशक आकाश अधिकारी निर्देशित एवं अभिनेत्री स्वेता खड्का निर्मित 'कान्छी'को पहिलो गीत रिलिज भएको छ । फिल्मले 'चर चट्ट परी' बोलको गीत सार्वजनिक गरेको हो । राजनराज शिवाकोटी तथा अञ्जु पन्तको स्वर रहेको गीतका संगीतकार र रचनाकार शिवाकोटी नै हुन्।
वसन्त श्रेष्ठको कोरियोग्राफी रेहको गीतमा श्वेता, दयाहाङ राई, प्रज्वल सुजल गिरी एवं भूमिका श्रेष्ठले नाचेका छन् । गीत बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो।
काया फिल्मस् र बूम रेमिटको प्रस्तुतिमा निर्माण भएको ‘कान्छी’मा गीतमा फिचरिङ कलाकारका अलावा नीर शाह, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, विनोद न्यौपाने, रमेश अधिकारी, जयनन्द लामा लगायतको पनि अभिनय छ।
माघ २६ मा रिलिज हुने फिल्मको सम्पादन बनिश शाह र भुपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन पुरुषोत्तम प्रधानको छ । फिल्मको निर्माण शैलेन्द्र खड्का र रविन खड्काले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।