नयाँ दिल्ली (एजेन्सी)– अजय देवगन अभिनित फिल्म ‘गोलमान अगेन’ ले बक्स अफिसमा अझै राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म १७९ करोड ७० लाख कमाइ गरिसकेको छ।
‘गोलमाल अगेन’ तिहारको दिन सार्वजनिक भएको थियो। फिल्मले पहिलो साता १३६ करोड कमाइ गरेको थियो। यसले विदेशमा मंगलबारसम्म ३९ करोड १५ लाख कमाइ गरेको बताइएको छ।
रोहित सेट्टीले निमार्ण गरेको गोलमाल फिल्मको ४ वटै शृंखला हिट सावित भइसकेको छ। यो फिल्म यसपालि एकै पल्ट ३५ सय स्क्रिनमा रिलिज भएको थियो। फिल्मको निमार्णमा १ सय करोड खर्च भएको थियो। निमार्णका लागि ८० र प्रमोशनका लागि २० करोड खर्च भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।