हेमन्त जोशी
काठमाडौं- लगानी सम्झौता-२०७५ सकिएको छ। सम्मेलनमा विभिन्न समूहबीच १५ वटा लगानी सम्झौता भएको छ भने डेढ दर्जनभन्दा प्रतिबद्धता गरेका छन्।
चौधरी ग्रुपसँगमात्र विभिन्न ४ क्षेत्रमा लगानी गर्ने गरी सम्झौता भएको छ। जसमध्ये ३ वटा विदेशी नीजि क्षेत्रका लगानीकर्ता र एउटा प्रदेश नंम्बर २ सँग सम्झौता भएको हो।
चौधरी ग्रुप र ससाफ ग्रुपबीच होटलमा लगानी, ५-जी सेलफोन बनाउन गरी टर्क सेल ग्रुपसँग सम्झौता भएको हो। ६ सय मेगावाट विद्युत उत्पादन विद्युत चौधरी ग्रुप र स्काई पावरबीच सम्झौता भएको छ।
प्रदेश २ र चौधरी ग्रुपबीच उक्त प्रदेशमा २ सय मेगावाट सोलार पावर प्लान्ट बनाउन सम्झौता भएको छ।
माथिल्लो त्रिशुली-१ कोरियन कम्पनीले लगानी गर्ने गरी कोरियन कम्पनी कोसेपसँग ६ सय १५ मिलियन डलर लगानी सम्झौता भएको छ। आयोजना सन २०२४ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।
कम्पनीले कुल ११ हजार मेगावाट उत्पादन गरिरहेको छ।
यसैगरी ९ सय मेगावाट अरुण तेश्रोमा भारतको सतलज कम्पनीसँग स्टेट बेंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त लगानी सम्झौता गरेका छन्।
१ सय ६४ मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि युनान सिन्ह्वा वाटर कम्पनी र नेपालको हाईड्रो सोलुसनसँग आयोजना निर्माणका लागि सम्झौता गरेको हो।
हाईड्रो सोलुसन कम्पनी ज्ञानेन्द्रलाल प्रधानको कम्पनी हो।
सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) पीपीपी मोडल बनाउन ईन्टरनेसनल फाईनान्स कम्पनी आईएफसीसँग सम्झौता भएको छ।
बनेपामा हिमालय बुटिक रिसोर्ट बनाउन सिन्सिएर कन्सल्टिङ लिमिटेड र रिसोर्स हिमालय बुटिक रिसोर्टका अध्यक्ष ज्ञानेन्दलाल प्रधानबीच सम्झौता भएको छ।
गैर-आवासीय नेपाली संघले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने गरी १० बिलियनको पूर्वाधार कोष स्थापनाका लागि एमओयु सम्झौता भएको छ।
वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा नेसनल कोल्याटरल म्यानेज्मेन्ट सर्भिस लिमिटेड र नेपाल वायरहाउस कम्पनीबीच अन्न भण्डारणस्थल बनाउने सम्झौता भएको छ।
म्यानमार लाईसेन्स कन्ट्र्याक्टर एसोसियसन (एनएलसिए) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) बीच नेपालको भौतिक संरचना निर्माणमा सहकार्यका लागि सम्झौता भएको छ।
३९ दशमलव ९ करोड मुथुट ग्रुपको लगानी युनाईटेड फाईनेन्समार्फत लगानी गर्ने गरी सम्झौता भएको छ।
लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ।
अपि पावर कम्पनीले सौर्य उर्जा (१८ मेगावाट), १० मेगावाट वायु उर्जा र जलविद्युत ९८ मेगावाट विद्युत उत्पादनका लागि बेलायतको कणेल ग्रुप अफ कम्पनीसँग एमओयु भएको छ।
सोकेसमा राखिएका आयोजनामा लगानीका लागि आवेदन अप्रिल २० सम्म आवेदन दिन सकिने बताइएको छ।
सम्मेलनमा ४० देशका प्रतिनिधिहरु सहभागी थिए। जसमा ७३५ विदेशी पाहुना, ६०० भन्दा बढी नेपाली प्रतिनिधि, ३०० भन्दा बढी विदेशी कम्पनी र एक सय भन्दा बढी नेपाली कम्पनीको सहभागिता रहेको थियो।
यी हुन् सम्झौता भएका परियोजना




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।