काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अवसरै अवसर भएको देश भएको बताएका छन्। शनिबार नेपाल लगानी सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालमा लगानीका अवसर प्रशस्तै भएकाले ढुक्कले लगानी गर्न आग्रह गरेका हुन्।
सम्मेलन उत्साहजनक र बृहत् रुपमा सम्पन्न भएको बताएका अध्यक्ष प्रचण्डले भने, 'यो २ दिनको सम्मेलन पूर्ण रुपमा सफल भएको छ। लगानीका परियोजनमा निजी क्षेत्रले देखाएको सहभागिताले हालको नेपालमा व्यवसायिक वातावरण बलियो मात्र भएको छैन। प्रतिफल समेत उच्च भएको शन्देश दिएको छ।'
नेपालमा राजनीतिक स्थायित्व भइसकेको बताउँदै उनले नेपालले अब आर्थिक समृद्धिमा जोड दिएको बताए। ' सरकारले लगानीकर्तालाई पर्याप्त सुविधा दिने र प्रकृयागत झन्झट नहुने अवस्था सिर्जना गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेको छ,' उनले भने, 'सुधार चलिरहने प्रक्रया हो। हामीले सुरु गरेको सुधारको प्रकृया चलिरहेनछ।'
लगानी लामो समयपछिको लागि प्रतिफलका लागि गरिने चर्चा गर्दै अध्यक्ष प्रचण्डले सफल लगानीले लामो समयमा सबैलाई फाइदा दिने बताए। २००६ पछि नेपालमा लगानीको वातावरण बनेको उनले बताए छ। राजनितीक स्थायित्वसँगै लगानीको वातावरण बनेको उनले उल्लेख गरेका थिए।
नेपालमा कृषिको आधुनिककीकरा सुरु भएको, पर्यटन पूर्वाधार विकास सुरू भएको तर प्रचुर संभावना रहेको, जलवायु पनि उपयुत्त भएको, बौद्धिक सम्पत्तिको सुरक्षाका विषयमा पनि जोड दिन थालेका बताएका थिए। 'पूर्वाधार विकास सबैभन्दा मुख्य प्राथमिकता हो। सरकार आर्थिक विकासमा सहजीकरण गर्न तयार रहेको छ,' उनले भने।
निजी क्षेत्रको सहभागिताको प्रशंशा गर्दै उनले भने, 'निजी क्षेत्रको भुमिका हुने कुरा हामीले बुझेका छौं। हाम्रो निकै सकारात्मक राजनीतिक इतिहास छ। त्यसै गरी आर्थिक वातावरण र समृद्धि पनि निर्माण गर्न चाहन्छौ।'
यो सँगै लगानी सम्मेलन २०७५ समापन भएको छ। सम्मेलनमा ४० देशका प्रतिनिधिहरु सहभागी थिए। जसमा ७३५ विदेशी पाहुना, ६०० भन्दा बढी नेपाली प्रतनिधि, ३०० भन्दा बढी विदेशी कम्पनी र एक सय भन्दा बढी नेपाली कम्पनीको सहभागिता रहेको थियो ।
सम्मेलनमा विभिन्न समूहबीच १५ वटा लगानी सम्झौता भएको छ भने डेढ दर्जनभन्दा प्रतिबद्धता गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।