• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रलेसमा विभाजन, साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  १८:१७
1140x725

काठमाडौं– वामपन्थी लेखकहरुको संगठन प्रगतिशील लेखक संघ (प्रलेस) मा विभाजन देखिएको छ।

संघमा आबद्ध ३८ जना सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्यले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेका छन्। 

'वर्तमान सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थालाई अग्रगमनकारी यथार्थमा परिवर्तन गर्नका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने सम्पूर्ण लेखक–साहित्यकार तथा संस्कृतिकर्मीहरूमा हामी हार्दिक आह्वान गर्दछौं', विज्ञप्तिमा भनिएको छ। 

विचारधारात्मक विभाजन प्रलेसको १०औं राष्ट्रिय सम्मेलनमै बिजारोपण भएको विद्रोही पक्षले दाबी गरेका छन्।

'संगठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा यसले आफूलाई विकास गर्न नसकिरहेको यथार्थ जगजाहेरै थियो । पछिल्ला दिनमा खास पार्टीसँग प्रत्यक्षतः असम्बद्ध सल्लाहकारहरू, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भेला, बैठक, कार्यक्रम र छलफलमा सम्पूर्णतः निषेध गर्ने नेतृत्वको कार्यशैलीले पनि प्रलेसलाई साझा मञ्चका रूपमा अघि लैजान नदिने अवस्था देखियो', विज्ञप्तिमा भनिएको छ।

संगठनको नेतृत्वमा रहेका लेखकहरूको वैचारिक संकीर्णता र असमावेशी चरित्रका कारण जातीय, लैंगिक र भाषिक समावेशिता यसको प्राथमिकतामा पर्नै छाडेको विज्ञप्तिमा बताइएको छ।
'समावेशिताका पक्षमा लेख्ने–बोल्ने सदस्यलाई लाञ्छित गर्नु र धार्मिक तथा सामन्तवादी संस्कृतिको पक्षपोषण गर्नेहरूलाई जिम्मेवारीहरूमा अघि सार्नु विचारधारात्मक विघटनकै द्योतक हो', विज्ञप्तिमा भनिएको छ।

राजनीतिक रूपमा संकुचित प्रलेस आजको संसद्वादी, संशोधनवादी/नवसंशोधनवादी तथा अवसरवादी धाराको सत्ताको भातृसंगठनमा फेरिइसकेको आरोप विद्रोही पक्षको छ।
'प्रगतिशील लेखक सङ्घमा पनि माक्र्सले भनेजस्तै त्यही शासकवर्गीय सांस्कृतिक विचारका प्रतिनिधिहरूको प्रभुत्व कायम हुन पुगेको छ । प्रलेसको दसौं राष्ट्रिय सम्मेलनपछिको मूल नेतृत्व, उसका विचार, गतिविधि र ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्याका तयारीमा भइरहेका व्यवहारबाट यस संस्थाले पूर्णतः आजको सरकार, सरकारी पार्टी र त्यसको वैचारिक प्रतिनिधिका रूपमा आफूलाई अपघटित गरिसकेको पुष्टि हुन्छ', विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिको पूर्णपाठ
अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गरौं !
प्रगतिशील लेखक सङ्घ, नेपाल स्थापनाको साढे ६ दशक पुरा भइसकेको छ । नेपालका प्रगतिवादी तथा प्रगतिशील लेखकहरूको साझा मञ्चका रूपमा २०४४ सालमा पुनर्गठित भएपछि पनि यसले तिन दशकसम्म आफ्नो भूमिका निर्वाह गरिसकेको छ । समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवम् पक्षपोषण गर्ने सांगठनिक रूपमा प्रतिबद्ध तथा विचारप्रति प्रतिबद्ध रहेका साहित्य–सर्जकहरूको खुकुलो साझा मञ्चका रूपमा यो संस्था क्रियाशील रहिआएको विदितै छ ।  

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय नेपालको कम्युनिस्ट आन्दोलन र त्यस सँगसँगै सांस्कृतिक आन्दोलनमा समेत वैचारिक विचलन आएको यथार्थप्रति केही वर्षदेखि प्रगतिशील लेखक सङ्घ (प्रलेस)भित्र र बाहिर निरन्तर बहस–विवादहरू उठिरहेकै छन् । नेपालको सत्ता राजनीति सञ्चालन गरिरहेको दलाल, नोकरशाही तथा सामन्त वर्गको विचारले लेखक–साहित्यकारहरूलाई समेत प्रभावित गरिरहेको छ । माक्र्सले भनेका छन्, ‘हरेक युगको शासक वर्गको विचार नै त्यस युगको शासकीय विचार हुन्छ, जुन वर्गसँग समाजको शासकीय भौतिक सत्ता छ, उसैसँग शासकीय बौद्धिक सत्ता हुन्छ ।’ अहिलेको राजनीतिक क्षेत्रमा जसरी दलाल पुँजीपतिसँगै सामन्त वर्गको हालीमुहाली छ, ठिक त्यसैगरी बौद्धिक–सांस्कृतिक क्षेत्रमा पनि त्यही वर्गको विचारधारा प्रभुत्वशाली भएर आएको छ।

सबैभन्दा बिडम्बनाको विषय छ– कम्युनिस्ट नामधारी राजनीतिक पार्टीले नै यस्तो वर्गको प्रतिनिधिका रूपमा नेपालको राजनीतिको नेतृत्व गरेको छ । र, प्रगतिशील लेखक सङ्घमा पनि माक्र्सले भनेजस्तै त्यही शासकवर्गीय सांस्कृतिक विचारका प्रतिनिधिहरूको प्रभुत्व कायम हुन पुगेको छ । प्रलेसको दसौं राष्ट्रिय सम्मेलनपछिको मूल नेतृत्व, उसका विचार, गतिविधि र ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्याका तयारीमा भइरहेका व्यवहारबाट यस संस्थाले पूर्णतः आजको सरकार, सरकारी पार्टी र त्यसको वैचारिक प्रतिनिधिका रूपमा आफूलाई अपघटित गरिसकेको पुष्टि हुन्छ । राजनीतिक रूपमा सङ्कुचित प्रलेस आजको संसद्वादी, संशोधनवादी÷नवसंशोधनवादी तथा अवसरवादी धाराको सत्ताको भातृसंगठनमा फेरिइसकेको छ । 

संगठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा यसले आफूलाई विकास गर्न नसकिरहेको यथार्थ जगजाहेरै थियो । पछिल्ला दिनमा खास पार्टीसँग प्रत्यक्षतः असम्बद्ध सल्लाहकारहरू, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भेला, बैठक, कार्यक्रम र छलफलमा सम्पूर्णतः निषेध गर्ने नेतृत्वको कार्यशैलीले पनि प्रलेसलाई साझा मञ्चका रूपमा अघि लैजान नदिने अवस्था देखियो । २०४४ सालमा पहिलो राष्ट्रिय सम्मेलन हुँदा र त्यसयताका कार्यसमितिले नेपालभित्रका फरक–फरक भाषाहरूको प्रगतिशील लेखकहरूको साझा मञ्चका रूपमा प्रलेसलाई अघि सार्न बेलाबेला प्रयत्न गरेकै हो । तर, पछिल्लो समयमा अन्य बाम पार्टीसँग सम्बद्ध लेखकहरूलगायत भाषागत समावेशिता प्रलेसको ध्यानबाट हट्दै गयो । संगठनको नेतृत्वमा रहेका लेखकहरूको वैचारिक सङ्कीर्णता र असमावेशी चरित्रका कारण जातीय, लैंगिक र भाषिक समावेशिता यसको प्राथमिकतामा पर्नै छाडेको छ । समावेशिताका पक्षमा लेख्ने–बोल्ने सदस्यलाई लाञ्छित गर्नु र धार्मिक तथा सामन्तवादी संस्कृतिको पक्षपोषण गर्नेहरूलाई जिम्मेवारीहरूमा अघि सार्नु विचारधारात्मक विघटनकै द्योतक हो।

वैचारिक बहस गर्ने र भिन्न मत राख्ने सदस्यहरूलाई ११औं राष्ट्रिय सम्मेलनका लागि बनाइएका उपसमितिहरूमा कतै पनि नराखिनु, खास पार्टीहरूसँग सम्बन्ध नराख्ने सल्लाहकारहरू तथा पूर्वअध्यक्षहरूसँग कुनै पनि सरसल्लाह नगरिनु, विधानले कल्पनै नगरेको निर्देशन समिति गठन गरेर अवैध रूपमा खासखास पार्टी–प्रभुत्वलाई सिधै प्रलेस सञ्चालनको तजबिजी दिनु लगायत निर्णय र घटनाले प्रलेसलाई वैचारिक संस्थाका रूपमा विकास गर्ने होइन, सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको देखिन्छ । प्रलेस राष्ट्रिय–अन्तर्राष्ट्रिय सांस्कृतिक प्रश्नहरूमा, समसामयिक साहित्यिक बहसहरूमा र प्रतिरोधी आन्दोलनको सडक मोर्चामा देखियोस् भनेर सपना देख्ने पंक्तिलाई १०औं राष्ट्रिय सम्मेलनपछिको मूल नेतृत्वले निराश मात्रै बनायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विचारधारात्मक विभाजन प्रलेसको १०औं राष्ट्रिय सम्मेलनमै बिजारोपण भएको थियो । (फरक–फरक विषयमा विवाद, बहस र प्रश्नहरू भने त्यसअघिदेखि नै निरन्तर उठिरहेकै थिए) माक्र्सवाद र समाजवादी यथार्थवादप्रति सिर्जनामा प्रतिबद्ध रहेका तर कुनै निश्चित कम्युनिस्ट पार्टीविशेषको नेता वा कार्यकर्ता नरहेका लेखकहरूलाई प्रलेसमा समेट्ने र त्यस्ता अग्रज स्रष्टालाई प्रलेसद्वारा सम्मान गर्ने कोशिस १०औं सम्मेलनमा गरिएको थियो । प्रगतिवादी विचारप्रति प्रतिबद्ध अन्य पार्टीका लेखक र पार्टी संगठनमा प्रत्यक्ष असम्बद्ध प्रतिभाशाली युवाहरूलाई केन्द्रीय समितिमा निर्वाचित गर्ने प्रयत्नप्रति पनि नेतृत्वको एउटा मूलपंक्ति सम्मेलनकै बेला र त्यसपछि पनि निरन्तर असहिष्णु भइरह्यो । अन्य घटकप्रति अपमान, अपहेलना र निषेधको राजनीति पनि विगत तिन वर्षभरि जारी नै रह्यो । यो व्यवहारिक समस्या मात्रै थिएन, बरु वैचारिक तथा सैद्धान्तिक विचलन अन्ततः व्यवहारमा व्यक्त भएको थियो । प्रलेसभित्र बैठकहरूमा उठेका प्रश्नलाई होस् वा सार्वजनिक रूपमा राखिएका वैचारिक विमतिहरूलाई, प्रलेस साझा वैचारिक मञ्च भएका कारण तिनको स्वामित्व लिँदै व्यापक बहसको फोरम चलाउनुपथ्र्यो । तर, त्यसको ठीक उल्टो वैचारिक बहस गर्नेहरूलाई दुत्कार्ने प्रवृत्ति हावी हुँदै गयो। 

पछिल्लोपटक काठमाडौंमा ८० प्रतिशतभन्दा बढी साधारण सदस्यलाई नवीकरण र सम्मेलनबारे पत्तै नदिई २० प्रतिशतभन्दा कम सदस्यको सहभागितामा जिल्ला सम्मेलन सम्पन्न भएको घोषणा गरिएको छ । काठमाडौं जिल्लाबाट १०औं राष्ट्रिय सम्मेलनअघि ४०० भन्दा बढी लेखक–साहित्यकारले सदस्यता नवीकरण गरेका थिए । यसपटक भने ७० जनाभन्दा कमलाई मात्रै जिल्ला सम्मेलनमा खबर गरिएको थियो । फरक विचार राख्ने र अग्रगामी सांस्कृतिक आन्दोलनका पक्षमा बहस गर्ने लेखक–साहित्यकारलाई यसरी नै थुप्रै जिल्ला र प्रदेश सम्मेलनहरूमा रोक्ने काम गरिएको छ।

सिद्धान्ततः र व्यवहारतः विधानविपरीतका निर्णय र कामहरू भइरहेका छन् । फरक विचार राख्ने, आलोचनात्मक चेत भएका, वैचारिक बहस उठाउने र अग्रगामी सांस्कृतिक आन्दोलनमा जोड दिने पंक्तिलाई निरन्तर निषेध गर्ने प्रवृत्तिले उत्कर्ष लिएको छ । वैचारिक तथा व्यावहारिक रूपमा प्रलेसको मूल नेतृत्वले ११औं सम्मेलनअगावै संगठनलाई एकलकाँटे, एकपक्षीय र उस्तै स्वार्थ मिल्नेहरूको अड्डामा बदलिसकेको छ । लामो विरासत बोकेको र इतिहासमा प्रगतिशील भूमिका निर्वाह गरेको संस्थामा विधानअनुसारका मूल्यमान्यता र सिद्धान्तको रक्षा हुन नसक्नु, संयुक्त मोर्चाको मर्म ठिक ढंगले पालना हुन नसक्नु र वर्गसङ्घर्ष तथा जनसङ्घर्षको आवश्यकताअनुसारको साझा मञ्च बन्न नसक्नु विडम्बनाको विषय हो । यो आफैमा चिन्ताको विषय र नमीठो मोड अवश्य हो।

तर, आजको ऐतिहासिक आवश्यकताअनुसारको सांस्कृतिक आन्दोलन तथा लेखकहरूको साझा मञ्चको मूल्यलाई यसले निरन्तरता दिन नसक्नु सचेत लेखकहरूले स्वीकार्नैपर्ने यथार्थ बनेको छ । वर्तमान सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थालाई अग्रगमनकारी यथार्थमा परिवर्तन गर्नका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने सम्पूर्ण लेखक–साहित्यकार तथा संस्कृतिकर्मीहरूमा हामी हार्दिक आव्हान गर्दछौं ।

सल्लाहकार परिषद् सदस्य
१. आहुति
२. ईश्वरचन्द्र ज्ञवाली
३. प्रा.डा. जगदीशचन्द्र भण्डारी
४. प्रा.डा. ताराकान्त पाण्डेय
५. नारायण ढकाल
६. मित्रलाल पंज्ञानी

केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य
७. राजबहादुर कुँवर             वरिष्ठ उपाध्यक्ष
८. रोशन जनकपुरी             केन्द्रीय उपाध्यक्ष
९. विजयराज आचार्य             कोषाध्यक्ष (हालः राजीनामा)
१०. सरिता तिवारी             केन्द्रीय सचिव
११. राजु स्याङ्तान            सचिवालय सदस्य
१२. सङ्गीत श्रोता            सचिवालय सदस्य

केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य
१३. अनिल श्रेष्ठ                केन्द्रीय सदस्य
१४. अर्जुनकुमार ढकाल             राष्ट्रिय परिषद् सदस्य
१५. ईश्वरी ओझा             राष्ट्रिय परिषद् सदस्य
१६. कल्पना चिलुवाल              राष्ट्रिय परिषद् सदस्य
१७. खगेश्वर भण्डारी             राष्ट्रिय परिषद् सदस्य
१८. गुरुङ सुशान्त             राष्ट्रिय परिषद् सदस्य
१९. गोपाल वैद्य             राष्ट्रिय परिषद् सदस्य
२०. गोविन्द काफ्ले             राष्ट्रिय परिषद् सदस्य
२१. गौरी दाहाल             केन्द्रीय सदस्य
२२. छायादत्त न्यौपाने             केन्द्रीय सदस्य
२३. जीतबहादुर लामा             केन्द्रीय सदस्य
२४. दीपक सापकोटा             केन्द्रीय सदस्य
२५. परशुराम कोइराला             केन्द्रीय सदस्य
२६. प्रमोद धिताल             केन्द्रीय सदस्य
२७. मोदनाथ मरहट्ठा            केन्द्रीय सदस्य
२८. यज्ञबहादुर डाँगी             केन्द्रीय सदस्य
२९. रमन पौडेल             राष्ट्रिय परिषद् सदस्य
३०. विदुर वस्ती             केन्द्रीय सदस्य
३१. विनोदविक्रम केसी             केन्द्रीय सदस्य
३२. विमला चन्द             राष्ट्रिय परिषद् सदस्य
३३. विष्णुमाया न्यौपाने         राष्ट्रिय परिषद् सदस्य
३४. वैजनाथ ठाकुर             केन्द्रीय सदस्य
३५. शकुन्तला जोशी         राष्ट्रिय परिषद् सदस्य
३६. शैलज पौडेल             राष्ट्रिय परिषद् सदस्य
३७. श्याम शाह             केन्द्रीय सदस्य
३८. स्वप्निल स्मृति             केन्द्रीय सदस्य  

मितिः २०७५ चैत १६, शनिबार (२०१९ मार्च ३०)

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्