जनकपुर- प्रदेश २ मा एसइई स्थगित गरिएको विरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडी तोडफोड गरेका छन्।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव सवार गाडीमा ढुंगा हानेर सिसा फुटाइदिएका छन्। धनुषा सपहीमा उक्त गाडीमाथि तोडफोड भएको हो।
त्यसैगरी जनकपुरको ठाउँ-ठाउँमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले चोक-चोकमा टायर बालेर शिक्षामन्त्रीविरुद्ध नाराबाजी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।