• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बारको निर्वाचनमा विद्यार्थीलाई भ्याइनभ्याइ

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  १४:२३
1140x725

लिलु डुम्रे


काठमाडौं- कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको निर्वाचन प्रचारका लागि उम्मेदवारले मतदान परिसरमा विद्यार्थीलाई अघि सारेका छन्।  

नयाँ नेतृत्व चयनका लागि आज देशभर नै निर्वाचन भइरहेको निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहका उम्मेदवारले कानुन विषय अध्ययनरत विद्यार्थीलाई प्रचारमा खटाएका छन्। काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा जारी निर्वाचनमा विद्यार्थीलाई भ्याइनभ्याइ छ। 

मताधिकार नरहेका विद्यार्थीले कालोकोट पहिरिएर लोकतान्त्रिक र प्रगतिशील समूहका प्रत्यासीलाई सघाएका छन्। विद्यार्थीले हातमा पर्चा बोकेर मतदातालाई आफू पक्षीय उम्मेदवारका नाममा मत मागेका छन्। 

नेशनल ल कलेजमा अध्ययनरत यशोदा बन्जारा पनि उम्मेदवारको प्रचार प्रसारकै क्रममा भेटिइन्। उनले लोकतान्त्रिक समूहलाई जिताउन चाहन्छिन्। पुरानो पुस्तालाई स्वतन्त्र न्यायपालिकाबारे जानकारी नभएको टिप्पणी गरिन्। उनले भनिन्, ‘स्वतन्त्र न्यायपालिका बोलीमा मात्रै भयो। काममा पनि देखाउनका लागि नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ।’लोकतान्त्रिक र राम्रो अधिवक्ता भएकाले पोखरेलले जित्नुपर्ने उनको मत छ। 

बारको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन्। 

लोकतान्त्रिक समूहबाट नेतृत्व गरेको सुनीलकुमार पोखरेलको प्रचारमा सर्वोच्च परिसरमा खटेका कानुनका विद्यार्थी सागर अर्यालले सम्पत्ति सार्वजनिक गरेर लोकतान्त्रिक समूहका अध्यक्ष पोखरेलले बारको इतिहासमा नयाँ काम गरेको बताए। नेपाल ल क्याम्पसका विद्यार्थी रहेका उनले भने, ‘अध्यक्षका उम्मेदवारका दुबैको घोषणापत्र पढें। युवा पुस्ता, निष्पक्ष न्यायालय र बार सुधारका लागि सुनील पोखरेल उपयुक्त हुनुहुन्छ।’

न्यायलयको विकृति, भ्रष्टाचार तथा अस्वभाविक मौनताका बारेमा कम जानकार विद्यार्थीहरु आफू पक्षीय उम्मेदवारका गुणगान गाउन भने अघि थिए। नेपाल ल क्याम्पसमा अध्ययनरत समीर रिजाल प्रगतिशील समूहलाई जिताउन हातमा पर्चा बोकेर सर्वोच्च गेटमा तैनाथ थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल बारमा विगतमा देखिएका विसंगति हटाउन चण्डेश्वर श्रेष्ठले जित्नुपर्ने उनको मत छ। उनले भने, ‘लोकतान्त्रिक समूहल विगतमा बारमा जित्दा बोल्न पर्ने समयमा नबोलेको थियो।’

प्रगतिशील पक्षले बारको नेतृत्व प्राप्त गरे बार सत्तारुढ दलको छाँया बन्ने आरोप लोकतान्त्रिक समूहले लगाएको छ। त्यसको प्रतिवाद गरेका कानुनका विद्यार्थी रिजाल भन्छन्, ‘लोकतान्त्रिक समूहले विगतमा बारको नेतृत्व गर्दा असंवैधानिक कार्यमा बार मौन रह्यो।’ 

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रमा बारको नयाँ नेतृत्वको लागि मतदान भइरहेको छ। मतदानस्थलमा प्रचारप्रसारमा व्यस्त भेटिएकी आस्था लोहनी बार निर्वाचनका लागि मतदातामा नामावली छैन। तर, उनको धपेडी वास्तविक उम्मेद्वारभन्दा कम छैन।

नेपाल ल क्याम्पसकी विद्यार्थी लोहनी प्रगतिशील समूहको प्यानलले जित्नुपर्ने मत राख्छिन्। विगतमा लोकतान्त्रिक समूहले बारमा जित्दा सुधार गर्नै नसकेको उनको आरोप छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हातभरि उम्मेदवारको पर्चा बोकेर सर्वोच्च परिसरमा मतदातालाई मुस्कानसहितको पर्चा बाड्ने काममा लागेकी थिइन् नेपाल ल क्याम्पसकी अर्की विद्यार्थी सोनी सिलवाल। लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार पोखरेलको ‘नयाँ सोच र उर्जाले’ न्यायलयमा सुधार हुने उनको विश्वास छ। 

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेसागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहका उम्मेदवार तय गर्ने क्रममा आफ्नै समूहका कानुन व्यवसायी असन्तुष्ट रहेको बारे प्रचारमा खटेका विद्यार्थीले बुझ पचाए। 

अध्यक्षमा प्रगतिशील समूहबाट उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी निकट पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठको सहयोग नरहेको बताइन्छ। 

अर्को समूहमा पनि असन्तुष्टि उस्तै छ। लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका पोखरेललाई असहयोग गर्न उनी पक्षकै वरिष्ठ अधिवक्ताहरु लागेको चर्चा चलेको थियो। कांग्रेस निकट शुभेच्छुक संगठन डिएलएका पदाधिकारी नै पोखरेलको उम्मेदवारीप्रति असन्तुष्ट थिए। 

असन्तुष्ट र तटस्थ मत तान्न सक्ने उम्मेदवारले बारको बागडोर सम्हाल्ने आँकलन गरिएको छ।

२५ सदस्यीय बारको कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ।

तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन्। 

देशभरबाट मतपेटिका सङ्कलन गरेपछि मतगणना सोमबारदेखि काठमाडौंमा मतगणना हुने बताइएको छ।

अध्यक्षका लागि छ जनाको उम्मेदवारी परेको छ। चुनावी भिडन्त मुख्यतया लोकतान्त्रिक र प्रगतिशील समूहबीच हुनेछ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्