न्युयोर्क (एजेन्सी)– मृगौला प्रत्यारोपणपछि पुरानो अवस्थामा फर्किन सेलेना गोमेजले जिम सुरु गरेकी छिन्। विहिबार उनी लस एञ्जल्सको बाटोमा जिमबाट फर्किदै गरेको अवस्थामा फेला परिन्। त्यतिबेला उनी साच्चै नै पुरानो अवस्थामा फर्किन थालेको आभाष भएको थियो।

जिम हलमा पसिना चुहाउन उनी पुमाको स्पोर्ट्स ब्रामा कालो रंगको कट्टु लगाएर सेतो जुत्ता र मोजामा देखा परेकी थिइन्। उनले कपाल पनि पुरै माथी लगेकी थिइन्। उनले हातमा पानीको बोतल र आइफोन बोकेकी थिइन्।
गत साता मात्र उनी १० महिनापछि बाहिर देखा परेकी थिइन्। मृगौंला प्रत्यारोपणपछि उनी पूर्व प्रेमिका जस्टिन बेबरलाई भेटिरहेको अवस्थामा भेटिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।