राेल्पा– रोल्पा दोस्रो राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ।
रोल्पा नगरपलिकाको आयोजनमा 'रोल्पा गुँरासे सहित्य मेला, २०७६' अन्तर्गत राष्ट्रिय कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ।कार्यक्रम आगामी बैसाख १५, १६ र १७ गते हुने बताइएको छ।
डिबी टुहुरोको संयोजकत्वमा रहेको आयोजक समितिमा देवि गुरुङ, ओम पक्षी, लोक आलोक, नवीन लोचन, दामु मर्सिफुल, दिप दर्पन लगायतका सदस्य रहेका छन्।
लिबाङमा १५ गते कार्यक्रमको उद्घाटन गरी जलजलाको टापुमा पुगेर कविता वाचन गर्ने र थवाङ हुँदै पुन: फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
कविता प्रतियोगीताको प्रथम पुरस्कार ४० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रहेको संयोजक डिबी टुहुरोले बताए।
रोल्पाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।