जनकपुर- एसइई अन्तर्गत प्रदेश २ मा बिहीबार भएको विज्ञान र आजको सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले सप्तरीको शिक्षा विकास तथा समन्वय इकाइमा ढुंगामुढा गरी तोडफोड गरेका छन्।
यस्तै उनीहरुले सोबी मावि परीक्षा केन्द्र पनि उनीहरुले घेराउ गरेपछि प्रहरीसँग झडपको अवस्था सिर्जना भएको छ।
दिउँसो पनि विद्यार्थीहरुले विभिन्न ठाउँमा टायर बाली प्रदर्शन गरेका थिए।
यसैबीच सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) लाई दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।