काठमाडौं– मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ ‘मिस युनिभर्स’ को तयारीका लागि नोभेम्बर ६ मा अमेरिका जाने भएकी छिन्। अमेरिकामा उनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गर्ने ‘मिस नेपाल’ को आयोजक हिड्न ट्रेजरले जानकारी दिएको छ।
६६ औं ‘मिस युनिभर्स’ अमेरिकाको लस भेगासमा यही नोभेम्बर २६ मा हुँदैछ। जसमा नेपालबाट नग्माले प्रतिनिधित्व गर्नेछिन्। नेपालले पहिलो पल्ट ‘मिस युनिभर्स’ मा भाग लिँदैछ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नग्माले भनिन्, ‘म आफूलाई भाग्यमानी ठानिरहेकी छु।’ मिस नेपाल अर्थ घोषित भएपछि नग्माले विभिन्न खाले प्रशिक्षक तथा तालिम लिएकी थिइन्। उनले आफूलाई भोट गरेर सहयोग गर्न अपील गरिन्।
‘उपाधि जित्न भोट पनि जरुरी पर्ने कारण मेरो मेहनतलाई सार्थक तुल्याउन तपाईहरु सबैलाई अपील गर्छु,’ उनले भनिन्। उनले अमेरिकामा आफ्नो मौलिक पहिरनलाई बढी महत्व दिने स्पष्ट पारिन्।

यसै अवसरमा उनले विभिन्न नेपाली डिजाइनका गहना र लुगाको पनि प्रस्तुति दिएकी थिइन्।
नेपाल २३ वर्षपछि यो प्रतियोगितामा भाग लिदँैछ। द हिडेन ट्रेजरले मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ रहेकी नग्मालाई उक्त टाइटल दिँदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो।
द हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिले पहिले यसलाई निरन्तरता दिने आर्थिक स्थितिमा आफूहरु नभएको अब निरन्तर दिने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।