काठमाडौं– हृदयाघात भएका व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार भएका ट्याक्सी चालक पक्राउ परेका छन्।
बिरामीलाई ट्याक्सीबाट झारेर फरार भएका चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
घटना चैत १३ गते साढे ११ बजेको हो। अस्पतालमा उपचार गराएर गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित ट्याक्सीमा घर फर्किंदै थिए। बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किएका थिए। ट्याक्सीमै हृदयाघात भएर छटपटिन थालेपछि चालक श्रेष्ठले जबरजस्ती ट्याक्सीबाट उनलाई चाबहिल चोकको भुइँमा झारेर फरार भएका थिए।
बिरामीलाई मेडिकेयर अस्पतालमा बटुवाले पुर्याएका थिए। अन्तत: उनको मृत्यु भयो।
प्रहरीले सिसी टिभी फुटेजको आधारमा पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।