काठमाडौं- नेपाल सरकारले ललितपुरको च्यासलमा रंगशाला निर्माण गर्न सुरु गरेको छ । यसअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सहयोगमा बनाइएको टेक्निकल सेन्टर भत्काएर नयाँ रंगशाला निर्माण थालिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) अनुसार, फिफा र नेपाल सरकारको संयुक्त लगानीमा रंगशाला निर्माण हुन लागेको हो । रंगशाला १८ महिनाभित्र बनिसक्ने गरी ठेक्का दिइएको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले नेपाल लाइभलाई बताए।

रंगशालाको कुल बजेट ४० करोड रुपैयाँ छ । जसमा फिफाले ७ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ । रंगशाला १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । रंगशालाको तीन भागमा प्याराफिट निर्माण गरिनेछ । हेरौं रंगशाला निर्माणका तस्बिरहरु:





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।