काठमाडौं- पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दे उनले संभावना नै संभावना रहेको मुलुकमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गरे।
उनले राजनीतिक खिचातानीमा लामो समय गुज्रिएको मुलुक राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गरे। उनले राजनीतिक स्थिरतासँगै मुलुकको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उनले स्पष्ट पारे।
विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उनले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए। पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकारसँगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पारे।
उनले खेलकुद, पर्यटन, ऊर्जा लगायत कैयौं क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उनले उल्लेख गरे। उनले मुलुकको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पूर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।