काठमाडौं– नेपाल सरकारको सूचना आयोगका लागि नेपाल टेलिभिजनद्वारा निर्मित मेगा टेलिश्रृंखला ‘अधिकार’मा मुख्य भूमिका सनम कठायतले गर्ने भएका छन् । उक्त टेलिश्रृंखलाको बुधवार शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ।
सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल टेलिभिजनका कार्यकारी प्रमुख महेश दाहाल लगायत अन्य निकायका प्रमुखहरुको उपस्थितिमा भएको शुभ मुहुर्तमा सिरियलका प्रमुख पात्र मोडल सनम कठायत र रिजा भुसालले मुहुर्त सट दिएका थिए।
रमेश कोइरालाले निर्देशन गर्ने टेलिश्रृंखलामा पाका कलाकारहरुको बाक्लो उपस्थिति रहनेछ । मनोरञ्जनसँगै आम जनमानसमा सूचनाको हकलाई सुसूचित गर्न टेलिश्रृंखला निर्माण गरिने बताइएको छ।
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका सनमले फिल्मबाट आएका अफरलाई लत्याउँदै टेलिफिल्म रोजेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।