जनकपुर– एसइई अन्तर्गत आज शुक्रबार हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ। प्रश्नपत्र आउट भएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको छ।
अहिले ८ बजे परीक्षा सुरु हुनुपर्ने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि बाहिरिएको थियो। सामाजिक सञ्जालहरूमामार्फत प्रश्नपत्र बाहिर आएपछि आज परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक बोलाएर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
आजको रेगुलर समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए। इक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेज वृद्धिको विषयको परीक्षा भने यथावत रहने उनले बताए।
यसैबीच प्रश्नपत्र बाहिरिएको विषयमा देश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार र संघीयता असफल बनाउने षडयन्त्र अनुसार शिक्षा क्षेत्रमा पनि प्रहार सुरु भएको बताएका छन्। प्रश्नपत्र आउट गर्ने षडयन्त्रमा संलग्न जोसुकैलाई कारबाही गरिने उनको भनाइ छ । ‘संलग्न रहेछन भने मन्त्रीलाई पनि कारबाही गर्छु,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।