दर्शकमाझ 'ईकु' पात्रबाट चर्चित बनेका अभिनेता सुलेमान शंकर निर्मित 'फिर्के'को फस्ट लुक सार्वजनिक भएको छ। फिल्मका सार्वजनिक गरिएका दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरू फिचर भएका छन्।
रवि डङ्गोल निर्देशित फिल्ममा अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, अर्जुन गुरूङ। उज्जवल भण्डारी आदिको अभिनय रहेको छ। फिल्म पौष १४ गते रिलिज हुने घोषणा पनि फस्ट लुक पोस्टरहरूमा गरिएको छ।
पोस्टर सँगै ‘फिर्के’ को पौष १४ गतेलाई प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। अभिमन्यू निरबीको लेखन रहेको फिल्ममा विश्व नेपाली र सुवास भुषालको संगीत रहेको छ । अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई राम कुमार केसीको छायांकन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।