काठमाडौं- प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले 'म्यानुफ्याक्चरिङ कन्सेन्ट' नीतिका आधारमा लगानी र विज्ञापन बढाउने कार्यमा लागेको केही सञ्चार माध्यमलाई आरोप लगाएको छ।
पार्टी, नेता र आन्दोलनबारे असत्य र अस्वभाविक समाचार प्रकाशित गरेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ।
पार्टीविरुद्ध हुँदै नभएका कपोकल्पित समाचार सम्प्रेषण गर्नु पत्रकारिता नभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
भ्रामक र असत्य समाचार जनता र राष्ट्रका लागि घातक हुने उक्त पार्टीको ठहर छ।
महासचिव नेत्र विक्रम चन्द 'विप्लव'द्धारा बिहिबार जारी विज्ञप्तिमा नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुका् बैठान गलत तरिकाले हुन गई देश र जनतालाई धोका भएको उक्त पार्टीको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।