यम थापाको निर्देशकिय डेब्यू 'रज्जा रानी'को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन तथा कामेश्वर चौरशिया देखिएका छन् । टिजरमा धुलाम्मे कामेश्वरले नाजिर सवार बाइकलाई तानिरहेका छन् भने नाजिर 'ए खिच्, खिच् न' भन्ने संवाद बोलिरहेका छन्।
फिल्मले तराईको परिवेशको कथा प्रस्तुत गर्छ । फिल्मका निर्माता रमेश एम के पौडेल हुन् । फिल्ममा नाजिर तथा कामेश्वरका साथै केकी अधिकारी, अरूण रेग्मी, संगीता श्रेष्ठ आदिको मुख्य अभिनय रहेको छ भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा फिल्ममा देखिनेछिन्।
पुस २४ गतेलाई फिल्मको रिलिज मिति तोकिएको छ । फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र कविराज गहतराज तथा विक्रम स्वाँरको कोरियोग्राफी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।