काठमाडौं– पत्नी सीता दाहालको उपचारको लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।
उनी चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए।
अमेरिकाका तीनवटा अस्पतालमा पत्नी सीतालाई परीक्षण गरिएको त्रिभुवन विमानस्थलमा प्रचण्डले जानकारी दिए।
सीता दाहाल प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) रोगबाट पीडित रहँदै आएकी छिन्।
उपचारको काम नै सकिएकाले चाँडै फर्किएको प्रचण्डले बताए।
अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले त्रिभुवन विमानस्थलमा केही राजनीतिक भेटघाट हुनसक्ने संकेत गरेका थिए।
तर, उच्चस्तरीय राजनीतिक भेटघाट भने सम्भव भएन।
यद्यपि, प्रचण्डले चैत ११ गते दक्षिण र मध्य एशिया मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री Alice G Wells लाई भेटेका थिए।
त्यस्तै, प्रचण्डले मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए।
प्रचण्डलाई आतंककारी भन्दै उनी अमेरिका आएको जानकारी गराउँदै एक व्यक्तिले अमेरिकाको एफबिआईमा इमेलमार्फत उजुरी दिएको चर्चा चलेको थियो। तर सो चर्चा त्यतिकै सेलायो।
यो पनिः पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।